बिराटनगर । प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्तासंगै माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् ।
मंगलबार प्रदेश १ भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।
मंगलर माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन । प्रदेश निर्वाचनपछि उनीहरु गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए ।
प्रदेश १ ‘कोशी प्रदेश नामाकरणमा समर्थन गरेपछि माओवादी आलोचित बनेका थिए । सरकारमा मन्त्री भइ कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनितिक परिस्थितिका कारण नेकपा माओवादी केन्द्र पार्टीले तँपाईको नेतृत्वमा रहेको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेकोले मैले तपाईको सरकारमा रहि निरन्तरता दिन नसक्ने अवस्था सृजना भएकोमा आजको मितिबाट लागु हुने गरि मैले मेरो मन्त्री पदबाट राजिनामा गरेको छु , राजिनामा पत्रमा उल्लेख छ ।
हिक्मत कार्किको नेतृत्वमा माओवादी सरकारमा गएपछि दुई मन्त्रालय दिएका थिए ।
Discussion about this post