धरान । बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा खानेपानीको अभाव देखाउदै एकहप्ता बिदा दिएको छ ।
बिपिले सूचना टाँस गर्दै दोस्रो वर्षको बीडीएस र इन्टर्न बाहेक सबै स्नातक तहका विद्यार्थीहरूलाई बिदा दिएको सूचनामा जनाएको छ । सूचनामा बिपि अस्पताल र परिसरमा खानेपानीको चरम संकट र पर्याप्त मात्रामा पानी आपूर्ति गर्न नसक्दा बिदा दिएको उल्लेख छ । सूचनामा सबै विद्यार्थीको लिखित अनुरोधमा ६ जुनदेखि १३ जुन सम्मका सबै पूर्व-तालिका कक्षाहरू एक साताका लागि स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । पुनः सबै विद्यार्थीहरूलाई १४ जुन देखि आफ्नो कक्षाहरूमा सामेल हुन पनि सुचनामा जनाएको छ ।
यस विषयमा धरान उपमहानगरका मेयर हर्क साङ्पाङले राजनीति गरेको आरोप लगाएको छ । मेयरले पानी आपूर्ति भएको भन्दै राजनीति नगर्न सामाजिक संजाल फेसबुकमा लेखिएको छ ।
बि.पि. अस्पतालमा पानी आपूर्तीमा सुधार भै सकेको छ ! धेरै राजनीति नगर्न सबैलाई सुझाव !
Discussion about this post