बिराटनगर । प्रदेश १ को नाम एकल जातिय नश्लबादमा रहेर कोशी नामाकरण गरेको तीन महिनापछि नेकपा माओवादी केन्द्रले पनि सरकारको समर्थन फिर्ता लिएको छ ।
नेकपा माओवादी केन्द्रका दलका नेता इन्द्र आङ्बोले प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै हिक्मत कार्कि नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । पत्रमा २०८० जेठ २३ गते बसेको पार्टीको संसदीय दलको बैठकले सरकारको समर्थन फिर्ता गर्ने निर्णय गरेको उल्लेख छ ।
तत्कालीन समयमा माओवादीले केहि गर्न नसक्ने भन्दै कोशी समर्थन गरेको ईन्द्र आङ्बोले भनेका थिए । भोट दिनेबेला अरुलाई दिएको भन्दै माओवादीले केहि गर्न नसकेको भनेपछि व्यापक रुपमा आलोचना भएका थिए । सोहि विषयलाई लिएर माओबादिको केन्द्रसम्म पुगेपछि पुनः गल्ति महसुस गर्दै बिज्ञप्ति जारी गरेका थिए ।
जसपालाई चर्को दवाब दिएपछि गत जेठ १७ गते सरकारको समर्थन फिर्तासंगै स्वास्थ्यमन्त्री निर्मला लिम्बुले पदबाट राजिनामा दिएका थिए ।
कोशी नाम परिवर्तन नहुने भन्दै दुईतिहाई मत ल्याएर संशोधन गर्न चुनौती दिएका हिक्मत कार्कि सरकार संकटमा परेको छ । नेपाली काङ्ग्रेसका प्रदेश १ का १४ जिल्लाका सभापतिले प्रेस बिज्ञप्ति जारी गर्दै कोशी पुनर्विचार गर्न दवाब दिइसकेको छ ।
अव हिक्मत कार्किले एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।
गत फागुन १७ गते प्रदेश १ को नाम कोशी राखेपछि लगातारको आन्दोलन तीन महिना पुगेको छ । यस बिच लाजेहाङले सहादत प्राप्त गरिसकेका छन भने सयौं घाइते भएका छन । शुरुआतदेखिनै हिक्मत कार्किलाई ओखलढुंगाबाट ढुंगामुढा गरि लखेटिएका थिए । त्यसगरी दमकमा हुने कार्यक्रमको मंच तोडफोड गरिदिएका थिए । धनकुटा जाने कार्यक्रममा हिकमत कार्किलाई टायर बालेर कालो झण्डा देखाएर अवरोध गर्दै आएका छन । कोशी नाम राखेको भन्दै एमालेका नेता केपि ओलिलाई समेत ढुंगामुढा गरि लखेटिएका थिए । नेकपा माओबादिका इन्द्र आङ्बोलाई पनि ताप्लेजुङबाट ढुंगामुढा गरी लेखेटिएका थिए । केहि दिन अघि मात्र कोशि प्रस्तावक राम मगर अनि उद्योग मन्त्री भक्ति सिटौलामाथि ढुंगामुढा गरी खेदाएको छ ।
Discussion about this post