कोशी नाम समर्थन गर्ने १७ जना खस छेत्री सांसदको पुत्ला जलायो

दमक (झापा) । प्रदेश १ को नाम कोशी समर्थन गर्ने १७ जना खस छेत्री प्रदेश सांसदको पुत्ला जनाएको छ ।

खस छेत्री युवा मंचले आयोजना गरेको वंश गद्दार घोषणासंगै १७ जनाको पुत्ला बनाई दाहसंस्कार गरेका थिए । उनिहरुको पुत्ला बनाई दमक नगर परिक्रमा गरेका थिए । दमक नगरपालिकाको व्यस्त शहरमा मुलबासीको पहिचान नामेट गर्दै भारती हिन्दु बाहुन कौशिकिको नामबाट कोशी भएकोले यो एकल जातिय नश्लबादि नाम रहेको ठहर खस छेत्रीको छ ।

नेपालमा पछिल्लो जनगणना २०७८ ले पनि ख छेत्रीको जनसंख्या १६ प्रतिशत देखाएको छ । तर हाल राज्यको सबै निकाय तहमा भने सोहि अनुसार सहभागी छैन । खस छेत्रीले जनसंख्याको आधार राज्यको पहुँचमा समान समाबेशि हुनुपर्ने अडान रहेको छ । बिराटनगरको एक कार्यक्रममा खस छेत्री युवा मंचले नेपालमा सबैभन्दा पेलिएको भनेको खस छेत्री रहेको बताएका थिए । खस समुदायले जबर्जस्ती हिन्दु आर्यले हिन्दुकरण गराएको दाबि गरिएको छ । नेपालमा खस सिंजालि र किरातगरि दुईवटा सभ्यता रहेको समेत दाबि गरिएको छ ।

खस छेत्रीले प्रदेश १ को नाम शुरुदेखिनै अस्विकार गर्दै संयुक्त आन्दोलनलाई समर्थन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित