काठमाडौ । बाह्रौं राष्ट्रिय जनगणनाको जेठ १९ गते जातजाति,भाषा,धर्मको तथ्यांकिय नतिजा हचुवाको भरमा सार्वजनिक गरिएको दाबि गरिएको छ ।
शिङ्सा कल्याण केन्द्र केन्द्रिय अध्यक्ष लाक्पा आङ्जुक सेक्नेपेदेन र च्याम्ताङ काठमाडौ कल्याण समाज काठमाडौका अध्यक्ष पिम्बा सेच्याले आइतबार केन्द्रिय तथ्यांक विभागले सार्वजनिक नतिजाप्रति असन्तुष्ट जनाउदै निवेदन दिने क्रममा यस्तो आरोप लगाएका हुन । उनिहरुले नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सुचिकृत ६० जाति मध्ये शिङ्साबा जाति र मातृभाषाको तथ्यांक शुन्य रहेपछि तथ्यांक विभागमा पुगेका थिए । तर तथ्यांक विभागमा भने जवाफदेहि आधिकारिक व्यक्ति कोहि पनि भेटिएका थिएनन । युमा साम्यो महासभाका सचीव सन्तोष कुरुभाङले जातिको महलमा लिम्बु याक्थुङ लेख्ने धर्मको महलमा युमा लेख्ने अभियान अनुसार लिम्बु / याक्थुङ भनेर तथ्यांक आउदा धर्म युमा भने शुन्य रहेको बताए । सार्वजनिक गरिएको १० वटा धर्मको प्रतिशत १००.२ हुन आउने भएकोले पनि तथ्यांक हचुवाको भरमा सार्वजनिक गरिएको आरोप लगाए ।
बाह्रौं राष्ट्रिय जनगणनामा सुचिकृत शिङ्साबा समुदाय (जाति) को जाति र मातृभाषाको महलमा शिङ्साबा लेखाउने भनेर च्याम्ताङ काठमाडौ कल्याण समाज र शिङ्सा कल्याण केन्द्रले अभियान चलाएका थिए । २०७८ मंसिर ९ गते जनगणना संकलन कार्य सम्पन्न हुनासाथ जनगणनामा जाति,मातृभाषा शिङ्साबा लेखाएको जानकारी गराउदै जेजति भए पनि सत्यतथ्य नतिजा सार्वजनिक गर्न भनेर २०७८ मंसिर २४ गते केन्द्रिय तथ्यांक विभागमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।
तर जेठ १९ गते भने नतिजा शुन्य भए । सोहि विषयमा केन्द्रिय तथ्यांक विभाग काठमाडौमा निवेदन लगेर पुग्दा भने आधिकारिक जवाफदेखिता व्यक्ति कोहि भेटिएन । दर्ता फाँटले कोहि नभएको जानकारी दिए । तर तथ्यांक सम्बन्धि जिम्मेवार नभएका डिल्लि जोशिसंग भने मौखिक गुनासो राखिएका थिए । डिल्लि जोशिले यस विषयमा सम्बन्धित शाखाले जवाफ दिने भन्दै केहिदिन बाहिर रहेको र आफु निमित्त भएको भए पनि तथ्यांकसंग सम्बन्धीत नभएको भन्दै निवेदन लिन मानेका थिएनन् । त्यसैगरी युमा साम्यो महासभाका महासचिव रमेश इजम र मष्ट धर्मका तर्फबाट तथ्यांक विभाग पुग्दा आधिकारिक व्यक्ति नभेटिएको बताए । एकहप्तापछि तथ्यांक विभाग प्रधानमन्त्री समेतलाई भेट्ने जानकारी दिए ।
जाति,मातृभामा शिङ्साबा लेख्न लेखाउन भनेर संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका,सुनसरी जिल्ला,झापा,मोरङ,काठमाडौ उपत्यका लगायतमा गोष्ठी पर्चा र अनलाइन मार्फत व्यापक अभियान चलाएका थिए । सार्वजनिक गरिएको नतिजामा सबैभन्दा कम नुराङ जातिको संख्या ३६,बनकरिया १८ओ,ल्होमि ३५५,भोटे १५८१८ रहेका छन । अघिल्लो जनगणनामा जनसंख्या घट्दो देखाएको छ । एक अर्कामा गएको गाभिएको हुनसक्ने आशंकामा पनि अघिल्लो तथ्यांक भन्दा घटेर आउनुले हचुवा अनि मिथ्यांक भएको दाबि अनि ठहर गरिएको छ ।
Discussion about this post