हिक्मत कार्की धनकुटा जाने थाहा पाएपछि धरानमा टायर बालेर अवरोध

धरान । प्रदेश १ पहिचान बिरोधि एकल जातिय नश्लबादि नाम राख्ने नाइके भन्दै हिकमत कार्किलाई लखेटिरहेका छन ।

शुक्रबार पनि हिक्मत कार्कि धरान हुँदै धनकुटा जाने कुरा थाहा पाएपछि धरानमा टायर बालेर बाटो अवरोध गरेका थिए । पहिचानबादिहरुले कार्कि आउने थाहा पाएपछि बाटो अवरुद्ध बनाएको संयुक्त घटकले जनाए ।

कार्कि यस अघि पनि भेडेटार जाने जानकारी भएपछि धरानका विभिन्न स्थानमा कालो झण्डा सहित सडकमा उत्रेका थिए । हिक्मत कार्किलाई कोशी नाम नाम राखेको बिरोधमा शुरुवातमै ओखलढुंगामा ढुंगामुढा गरि लखेटिएका थिए । त्यहाँ ढुंगामुढा गर्दा हिक्मत्न्ल चढेको गाडीमा क्षति पुगेको थियो । त्यसैगरी दमकमा हिक्मत कार्कि आउने कार्यक्रममा बनाएको स्टेज पहिचानबादिले तोडफोड गरेका थिए ।

पछिल्लो समयमा कार्कि सहित ८२ सांसदलाई सार्वजनिक कार्यक्रममा अतिथिको लागि निमन्त्रणा गर्न छोडिसकेको छ । निमन्त्रणा गरि बोलाए पनि अशान्ति हुने भएको तथा पहिचानबादिको अवरोध हुने भएकोले बिराटनगरमै खुम्चिएर बस्न बाध्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित