नागरिकता विधेयकबारे एमाले र रास्वपालाई डम्बर खतिवडाको प्रश्न

धरान । संसदबाट दुईपटक पारित गरि पठाएको नागरिकता विधेयक विद्या भण्डारीले रोकेको राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेपछि देशमा हंगामा मच्चिएको छ ।

राष्ट्रपति पौडेलले प्रमाणिकर गरेपछि भारत भ्रमण गएका प्रचण्डलाई भारतले दवाब दिएर पारित गरिएको आरोप समेत लागेको छ । दुई दुईपटक दुबै संसदले पारित गरि प्रमाणिकरको लागि तत्कालीन राष्ट्रपति विद्या भण्डारी समक्ष पठाएको विधेयक प्रमाणीकरण नगरी रोकिदिएका थिए ।

आमचुनाव अघि राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा थिएन । तत्कालीन अवस्थामा एमाले विधेयकको विपक्षमा थिए । तर एमाले सत्तामा हुँदा भने त्यहि विधेयक अध्यादेश मार्फत ल्याएका थिए ।

विधेयक प्रमाणीकरण भएपछि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बिपक्षी बनेपछि त्यसको बिरोध गरिरहेको छ । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले विधेयकको बिरोध गरेपछि दुबै पार्टीलाई यतिबेला प्रश्न तथा बिरोध भैरहेको छ । यसै सिलसिलामा राजनीतिक विश्लेषक डम्बर खतिवडाले चार प्रश्न गरेका छन । खतिवडाले विधेयकको पक्षमा वकालत गर्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न गरेको छ ।

यस्तो छ्न प्रश्न :
एमाले र रास्वपालाई ४ साझा प्रश्न,
१.जन्मसिद्वका सन्तानलाई अनागरिक नै राख्ने?२.आमाकाे नाममा नागरिकता नदिने,पृत्रिसत्ता कायम राख्ने?
३.गैरआवासीय नेपालीलाई देशसंगकाे सम्बन्ध नै टुटाईदिने?
४.दाेस्राेपटक संसदकाे बहुमतले पारित गरेपछि रापले राेक्न वा फिर्ता गर्न मिल्छ?अनि हल्ला केकाे हाे?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित