वार्ताको पत्र न आएको भन्दै कोशी नाम खारेजीको सवालमा वार्तामा बस्ने

बिराटनगर । गत जेट १५ गते प्रदेश १ सरकारका प्रबक्ता तथा उद्योग मन्त्री भक्तिप्रसाद सिटौलाको वार्ता आह्वान अन्योलपुर्ण रहेको जनाएको छ ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आज प्रेस बिज्ञप्ति जारी गर्दै वार्ता बारेमा प्रदेश सरकारमा औपचारिक छलफल भएको थाहा भएन मिडियामा देखिएको विज्ञप्तिमा आन्दोलनरत सङ्गठनको नाम उल्लेख नभएको जनाएको छ ।

सरकारको वार्ताको आव्हान भनेर सामाजिक सञ्जाल र मिडियामा आइरहे पनि प्रदेश नं. १ पुनः नामाकण संयुक्त सङ्घर्ष समितिलाई आधिकारिक जानकारी नआएको प्रष्ट पारेको छ । विज्ञप्तिमा प्रयोग भएका कतिपय भाषाशैली आन्दोलनरत पक्षलाई होच्याउने प्रकारको रहेको भन्दै असन्तुष्ट जनाएको छ । बिज्ञप्तिमा वार्ता र संवाद विरोधी नभएको भन्दै सरकारले प्रदेशमा उत्पन्न समस्या समाधानको लागि आव्हान गरेको र आधिकारिक पत्र आएमा सकारात्मक रूपमा लिने जनाएको छ । बिज्ञप्तिमा कोशी नाम खारेज गर्ने र प्रदेशमा शान्ति, अमन चयन कायम गर्ने उद्देश्यले नाम संशोधन गर्न तयार भएमा वार्ता , संवादको माध्यमबाट समस्या समाधान गर्न नकारात्मक नहुने विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

यसैबीच कोशी नाम खारेजीको आन्दोलनलाई सामुदायिक संघसंस्था र राजनीतिक दलको समर्थन पनि क्रमिक रुपमा भैरहेको छ । पछिल्लो समयमा नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन सहभागी रहेको समितिले जानकारी दिए । त्यसैगरी काङ्ग्रेसका १४ जिल्लाका सभापतिले पनि नाम पुनर्विचार गर्न भनिएको छ । त्यसैगरी किरात याक्थुङ माखिम संजुम्भोले पनि प्रेस बिज्ञप्ति जारी गरि लामो समयदेखि लिम्बुवान आन्दोलन लगायत पहिचानको आन्दोलन भइ रहेकोे यस भुमिमा नेपाल मै नभएको एकल नश्लिय र गोत्रीय नाम कोशी थोपरिएकोमा हाम्रो संस्थाको गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोशी नाम खारेजीको लागि “प्रदेश नं.१ पुन: नामङ्कन संयुक्त संघर्ष समिति” गठन भएको जानकार भएको भन्दै यस संघर्ष समितिको कार्यक्रम र कोशी नाम खारेज आन्दोलन प्रती ” किरात याक्थुङ माखिम सङजुम्भो” पुर्णरूपमा समर्थन गर्दछ भनिएको छ ।

एकल जातिय र नक्कली संघियताले नेपालमा द्वन्द्व निम्त्याउदै देशलाई समृद्धिको सट्टा गरिबीतिर धकेलेको आरोप छ । त्यसैले सम्पूर्ण नेपाली आदिवासी जनजाती, दलित/ शिल्पी, महिला, मधेसी, प्रगतिशिल खस आर्य, विभित्र धर्मवालम्बीहरुलाई सरकारको क्रुर दमनको विरोध गर्न र स्वदेशी सभ्यता, इतिहासमा आधारित मौलिक पहिचान सहितको नामाङकन गर्न ध्यानाकर्षण गराउन चाहन्छौं भनिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित