जसपाले स्वास्थ्य मन्त्रीबाट राजिनामासंगै सरकारको समर्थन फिर्ता

बिराटनगर । जनता समाजवादी पार्टीले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता गर्दै स्वास्थ्य मन्त्री पदबाट समेत राजिनामा गरेको छ ।

स्वास्थ्य मन्त्री निर्मला लिम्बुले बिराटनगरमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रीको पदबाट राजिनामा गरिएको हो । जनता समाजवादी पार्टीले यस अघि सत्ताबाट बाहिरिने निर्णय गरेका थिए । त्यहि अनुरुप स्वास्थ्य मन्त्रीले पदबाट राजीनामा दिएको जनाएको छ ।

प्रदेश १ को नाम कोशी राखेपछि निरन्तर पार्टीको कार्यकर्ता पहिचान बिरोधि नाम भन्दै आन्दोलनमा सहभागी भएका थिए । पार्टी कार्यकर्ताले शुरूवातदेखि नै एमाले नेतृत्वको सरकारबाट बाहिरीनुपर्ने आवाज उठाएका थिए । प्रदेशको नाम राखिएको ठिक तिन महिनापछि भने जसपाले सरकारको समर्थनसंगै मन्त्री पदबाट राजिनामा गरेको हो ।

बजेट अधिवेशनको बैठक बोलाएसंगै जेठ १४ गते बिराटनगरमा भीषण आन्दोलन भएका थिए । आन्दोलनका क्रममा देवकोटा चोकमा नै रहेको स्वास्थ्य मन्त्रालय तार्गेटमा परेका थिए । आन्दोलनकारीले मन्त्रालयमा ढुंगामुढा तोडफोड गरिदिएका थिए ।

गत फागुन १७ गते दलका नेता समेतलाई थाहा नदिइ प्रदेश नामाकरणसंगै पहिचानलाई पाखा लगाएको भन्दै संसदको रोट्रममा रुवासि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित