कोशी नाम खारेजी आन्दोलन ९० दिन,जसपा प्रदेश सरकारबाट बाहिरीदै

बिराटनगर । प्रदेश १ को नाम कोशी राखेपछिको निरन्तर आन्दोलन ९० औ दिनमा पुगेको छ । ९० औं दिनमा बजेट अधिवेशन भैरहेको प्रदेश सभालाई लक्षित गरि बुधबार पनि प्रदर्सन र कोणसभा गरेको छ ।

मंगलबार २६ जनालाई रिहाई समेत गरेपछि पुर्व घोषित आमहडताललाई फिर्ता लिई बिरोध प्रदर्शन मात्र गरेको संयुक्त संघर्ष समितिले जानकारी दिए । कोणसभामा विभिन्न राजनीतिक दल संघसंस्थाका प्रतिनिधि नेताले सम्बोधन गरेका थिए ।

यसैबीच जनता समाजवादी पार्टीले प्रदेश सरकारबाट बाहिरिने भएको छ । पार्टीले निर्णय गरेपछि स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पदबाट राजिनामा दिदैछ । यसबारे जानकारी दिन बिराटनगरमा होटेल स्वागतमा पत्रकार सम्मेलन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित