नबिन रम्तेल
धरान । धरानका मेयर हर्क साम्पाङ्गले “मान्छे मान्छे सबै बराबर हुन्छ,न पैसाले ठूलो हुन्छ,न जातले,न धर्मले,विभिन्न कारणले बिभक्त भएर समाज पछि परेको हो।हातका पाँच औंलामा कुनै एक औलाको सहयोग बिना एउटा कलम चलाउन त असहज हुन्छ त्यसैले मिलेर समाज अगाडि बढाउनु पर्छ” ।
उक्त कुरा दलित विकासको लागि आबधिक विकास तर्जुमा कार्यक्रमको समापनकोअवसरमा प्रमुख अतिथिका रुपमा रहेका मेयर साम्पाङ्गले बताएका हुन्।उनले आफ्नो बिचार राख्ने क्रममा दलित शब्दको उच्चारण नगरी सबै समान रहेको राय बताए।
धरान उपमहानगरपालिकाको सामाजिक बिकास महाशाखाको आयोजनामा जेठ १५ र १६ गते धरान नगरपालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा नेपाल साहित्यिक पत्रकार संगठन प्रदेश नं १ का अध्यक्ष एबम् प्रबोध साप्ताहिक पत्रीकाका सम्पादक लम्जेल संघर्षशिलले उत्पादनसंग प्रत्यक्ष जोडिएको यो समुदाय बाहेक अर्को नभएको र कला,श्रम,सीप र दक्षताको अपमान गरि जब छुवाछूत गरियो, श्रम सिपको घृणा गरियो यसले विकासमा अबरोध सृजना गरेको खुलासा गरे।
दुई दिन सम्म चलेको विकास तर्जुमा कार्यक्रममा सहभागी हरुले प्रत्यक्ष कसरी विकास निर्माणमा सहभागी भै योजना बनाउँन सक्छन् र समुदायका बिपन्न दलितको पहुँचमा राज्यको नीति पुर्याउन कसरी सकिन्छ भनी व्यापक छलफल गरि समाधान निकाल्ने प्रयास गरिएको थियो।
धरानका दलित संघ संस्थाका प्रतिनिधिहरु,वडाका जनप्रतिनिधिहरु,दलित पत्रकारहरु,जातीय संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो सहभागितामा तिरुपती परियारले प्रशिक्षण दिएका थिए।कार्यक्रमको सहजीकरण धरान नगरपालिका कार्यपालिका सदस्य दिनेश गजमेरले गरेका थिए भने समापन कार्यक्रमको अध्यक्षता जमुना त्रीखत्री मोक्तानको रहेको थियो।
Discussion about this post