बिराटनगर । गत जेठ १४ गते कोशि नाम खारेजी आन्दोलन मा गिरफ्तार गरिएका २६ जनालाई मुद्दा चलाउने भएपछि १७ गतेदेखि अनिश्चित आमहडतालको घोषणापछि रिहाई हुने भएको छ ।
जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए अनुसार २६ जना रिहाई हुने भएको जानकारी दिए । वडा प्रहरी कार्यालय बिराटनगरमा राखिएका २६ जनालाई रिहाईको माग गर्दै १६ गतेको अल्टिमेटम पछि १७ गतेदेखि १४ जिल्ला ब्यापि आमहडतालको घोषणा गरेका थिए ।
प्रशासनसंग सहमति भए अनुसार कोशी प्रदेश नामांकरणको विषयलाई लिएर प्रदेश नं. १ पुनः नामांकरण संयुक्त संघर्ष समिति लगायतका असहमत पक्षबाट विरोधका कार्यक्रमहरु भइरहेकोमा अब उप्रान्त कुनै पनि किसिमको आगजनी, तोडफोड, आवागमन अवरुद्ध, कार्यालय संचालन अवरुद्ध लगायतका शान्ति सुव्यवस्थामा असर पु-याउने कार्यहरु नगरी कानून सम्मत शान्तिपूर्ण रुपमा कार्यक्रमहरु संचालन गर्ने साथै जिल्लाको शान्ति सुरक्षा कायम राख सवैले सहयोग गर्ने र आन्दोलनको क्रममा पक्राउ परेका व्यक्तिहरु छुटे पछि आम हड्ताल फिर्ता लिने निर्णय भएको छ ।
Discussion about this post