कोशी बिरोधि २६ जनाको रिहाई माग,नभए १७ गतेदेखि अनिश्चित आमहडताल

इलाम । कोशि नाम खारेजी आन्दोलनकारी २७ जना अझै पक्राउपछि रिहाई नभएको भन्दै आम हड्ताल गर्ने चेतावनी दिएको छ ।

प्रदेश १ पुनः नामांकन संघर्ष समितिले १५ गते प्रेस बिज्ञप्ति जारी गर्दै १६ गतेसम्म रिहाईको माग गरिएको छ । यदि तोकिएको समयभित्र रिहाई नभए १७ गतेदेखि अनिश्चितकालीन आमहडताल गरिने चेतावनी दिएको छ ।

१४ गतेको बिरोध कार्यक्रममा ८६ जना पक्राउ परेको बिज्ञप्तिमा जनाएको छ । त्यसैगरी १९ जना घाइते भएको उल्लेख छ । हाल रिहाई हुन बाँकि रहेको २७ जना रहेको उल्लेख छ ।
रिहाई हुन बाँकि रहेकाहरु :
अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेवे, सञ्जिव लिम्बू, ताराकुमार लिम्बू मनकुमार थेगिम, आरभि लिम्बू, प्रयास बान्तावा राई, नवीन पोमु, प्रदिप लिम्बू, सिताराम राई, सन्तोष सम्बाहाम्फे, जेबी सांबा, दुर्गा मगर, मनकुमार लिम्बू, शकर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मन कुमार माखिम।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित