बेलका नगरपालिकाका मेयर अशोक कार्कीले फुर्काए मिजार जाती समाजको उन्नत बर्ग भनेर

नवीन रम्तेल
धरान ।”समुदाय स्तरमा कुनै पनि विभेद छैन, यदि विभेद भएको थाहा भएमा कडा कानुनी प्रक्रियामा जानेछ । मलाई यो समुदायको उत्साह देखेर ज्यादै खुशी लागेको छ यो सृजनशिल बर्ग समाजको उन्नत बर्ग भएकोले सहयोगको जरुरत छ र गर्नेछु”

जेठ १५ गते गणतन्त्र दिवसको दिन बेलका नगरपालिकाका मेयर अशोक कार्कीले मिजार समाज सेवा उदयपुरको चौथो बार्षिक साधारण सभाको अवसरमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उक्त कुरा बताए।

विभेद रहित समाजको परिकल्पना बोकेको समग्र सार्की जातिहरुको साझा संस्था मिजार समाज सेवा उदयपुरको उक्त साधारणसभा बेलका नगरपालिका,रामपुरको सभाहलमा सम्पन्न भएको थियो ।

पहाडे दलित भित्रको अल्पसंख्यक जाती सार्कीको सम्मानित साझा संस्था मिजार एक पदवी भएको र ज्यादै ईमान्दार बर्ग भएकोले बेलाबेलामा अन्यायमा पर्ने गरेकोले कानुनी उपचारमा जान पछि पर्न नहुने बताउँदै राष्ट्रिय सार्की मिजार समाज केन्द्रिय सचिव एवं मिजार सेवा समाज सुनसरीका अध्यक्ष प्राध्यापक बिजय अछामीले विशिष्ठ अतिथिको बोल्ने क्रममा बताए।

मिजार जातिहरुको यस्तो उल्लेख्य उपस्थितिले आफू हौसिएको बताउँदै आफू पनि नेपालमा जोडिन पाएकोमा खुशी लागेको भारतिय नेपाली गोर्खा समाजका केन्द्रिय अध्यक्ष कृष्ण बर्मेलीले बताए।

उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका कार्यपालिका सदस्य रत्न रम्तेल एवं मिजार समुदाय महासंघ १ नं प्रदेश उपाध्यक्ष धनबहादुर हमाल,मनकुमारी उपरकोटी,कोषाध्यक्ष खगेन्द्र तोलाङ्गीले समेत मन्तब्य राखेका थिए।

मिजार समुदाय महासंघका अनुगमन समितिका लालबहादुर रम्तेल सल्लाहकार तारा बयलकोटी
पूर्व वडा सदस्य,जनप्रतिनिधिहरु,शिक्षक,समाजसेवी लगायतको उपस्थितिमा मिजार समाज सेवाको बार्षिक साधारणसभा सम्पन्न भएको थियो

मिजार समाज सेवा उदयपुरका अध्यक्ष ध्रुब सार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाका सचिव कृष्ण बिसुन्केले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित