बिराटनगर । कोशी नाम खारेजीको माग गर्दै बिराटनगरमा भएको बिरोध प्रदर्शनमा व्यापक लाठीचार्ज गर्दा धेरैजना प्रदर्शनकारी घाइते भएका छ्न ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जानकारी दिए अनुसार घाइते विवरण उपलब्ध गराएका छन :
१. मनकुमार थेगिम माई नगरपालिका इलाम (टाउकोमा चोट)
२. चन्द्र साँवा अर्जुन्धारा झापा टाउकोमा चोट)
३.योगेन्द्र पाक्सावा छथर, तेर्हथुम (टाउकोमा चोट)
४. खड्क योङ्हाङ महमाई, इलाम (टाउकोमा चोट)
५. भिमराज लिम्बू म्याङ्लुङ, तेह्रथुम ( टाउकोमा चोट)
पाँच जनाको कोशी अस्पतालमा उपचार भैरहेको जानकारी दिएको छ ।
त्यसैगरी थप ७ जना घाइतेको विवरण उपलब्ध गरिका छन ।सात जना घाइतेको न्युरो अस्पताल बिराटनगरमा उपचार भैरहेका छन । घाइते हुनेहरुमा :
१) सन्जय राई, खोटाङ
२) भुवानी विक्रम सेर्मा, सिवसतासी, झापा
३) सोनाहाङ्ग राई, विर्तामोड, झापा
४) सामी पालुङ्वा, विर्तामोड, झापा
५) विकेस राई, चुलाचुलि, इलाम
६) असोक छेत्री, झापा
७) किरण लिङ्देन- झापा
जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए अनुसार घाइते हुनेको संख्या थप उपलब्ध गरिएको छ । माखिमका अनुसार घाइतेको थप विवरण आउने क्रम जारी रहएको जानकारी दिए ।
1) गणेश मिभक मिक्लाजुङ ,मोरङ
2) नरेन्द्र लिम्बू कमल ,झापा
3) भवानीबिक्रम शेर्मा शिबसताशि, झापा
4) सोनाहाङ राई बिर्तामोड, झापा
5) असोक घिमिरे दमक, झापा
6) बिकेस राई चुलाचुली, इलाम
7) प्रकाश लिम्बू ,इलाम
8) सामी पालुङ्वा अर्जुनधारा ,झापा
9) चन्द्र कुमार राई धरान ,सुनसरी
10) सन्जय राइ, खोटाङ
11) किरण लिङदेन,झापा
12) चन्द्र सावा, अर्जुनधारा ,झापा
13) मन कुमार थेगिम माइ न. पा . इलाम
14) योगेन्द्र पाक्सावा छथर ,तेह्रथुम
15) खडक योङहाङ महमाइ ,इलाम
16) भिमराज लिम्बू म्याङलुङ ,तेह्रथुम
17) प्रदीप नेयोङ धरान ,सुनसरी
18) अर्जुन राई, सुनसरी
19) सन्जय कुमार राई ,सुनसरी
20) उपार्जन राई , सुनसरी
प्रदर्शनकारी देबकोटा चोकमा पुग्दा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडप भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्दा धेरै प्रहरी घाइते भएका थिए । प्रहरीले पानीको फोहोरा हान्ने भएपछि आन्दोलनकारी थप आक्रमक बनेका थिए । प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं अश्रुग्यास समेत प्रहार गरेका थिए ।
कोशी नाम राखेसंगै १४ गते बजेट अधिवेशन बोलाएपछि असन्तुष्ट पक्षले बिरोध जनाएको हो । नामाकरण लगत्तै बिरोधको कार्यक्रम गर्दै आएका संघर्ष समितिले बजेट अधिवेशनलाई लक्ष्य गरेर बिरोध गरेको हो ।
,
Discussion about this post