दिपेश रोक्का
मोरङ । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका वार्ड नम्बर ७ शुक्रबारेमा वृक्षारोपरण कार्यक्रम सम्पन्न गरिएको छ ।
बैशाख ११ गते स्थानीय शिद्देस्वरी कृतन मण्डलीका अध्यक्ष रुद्र राईको अगुवाइमा ४ सय ५० थान सुपाडीको बिरुवा लगाईएको हो।
सहभागी प्रत्येक ब्यक्तीले अनुदान स्वरुप वृक्षरोपरण गर्दा लाग्ने मल बिरुवा हरु आफैले उपलब्ध गरेको बताएका छन् । उनिहरुले सुपाडी आम्दानीको राम्रै स्रोत हुने पनि बताएका छन्।
धरानका मेयर हर्क साम्पाङ्गबाट प्रभावित भै हरेक हप्ता १ दिन श्रमदान गर्न सबै लाई आग्रह गर्दै अध्यक्ष राईले सबैले श्रमदान गर्ने हो भने गाउँ को बिकास गर्न सजिलै सकिन्छ भनेर बताएका छन्।
उक्त कार्यक्रममा उपभोक्ता समिती सहित स्थानीयको समेत सहभागीता थियो।
Discussion about this post