प्रेस चौतारी नेपालको साधारण सभामा अमरबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कारबाट  रणध्वज लोहार पुरस्कृत

नविन रम्तेल
धरान । प्रेस चौतारी नेपाल,सुनसरीको बार्षिक साधारण सभाको अवसरमा धरानलाई कर्मक्षेत्र बनाएर समाचार सम्प्रेषण गरिरहेका पत्रकार रणध्वज लोहार ११ हजार १ सय ११ रुपैयाँको राशि सहित पुरस्कृत भएका छ्न्।

जेठ १२ गते ईटहरीको एरिना पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य देवेन्द्र कार्कीका पुजनिय पिता स्व. अमरबहादुर कार्कीको स्मृतिमा उक्त पुरस्कार प्रदान गरिएको केन्द्रिय सदस्य कार्कीले बताए।उनले एकलाख रुपैयाँको राशि बैकमा जम्मा गरि उक्त रुपैयाँको ब्याजबाट प्रत्येक बर्ष वितरण गरिने समेत बताए।प्रेस चौतारीका नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्य र केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेको विशेष आतिथ्यमा सम्पन्न प्रेस चौतारी नेपाल,सुनसरी जिल्ला बार्षिक साधारणसभा-२०८० प्रदेश र नगर समितिका पदाधिकारीहरु समेतको सहभागितामा सांगठानिक र आर्थिक प्रतिवेदन पास गर्दै भव्यताका साथ सम्पन्न भएको छ।उक्त कार्यक्रममा ७ बुँदे ईटहरी घोषणा पत्र जारी समेत भएको छ।जसमा सम्पूर्ण श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक र पेशागत विकासको सुनिश्चितता गर्न यो साधारण सभा जोडदार माग गर्दछ ।

श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न सम्बन्धी सबै पक्षहरुसँग माग गर्दछ ।पत्रकार महासंघलाई वास्तविक श्रमजीवी पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित गर्न पत्रकार महासंघले शुद्धिकरणको अभियान सञ्चालन गरेकोमा प्रेस चौतारी नेपाल शुद्धीकरणका मापदण्डहरू पुर्णरुपमा अक्षरशः लागु गर्न माग गर्दछ र प्रेस चौतारी नेपाल सुनसरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्दछ ।

पत्रकारितालाई सम्मानित पेशाको रुपमा स्थापित गर्न सम्पूर्ण पत्रकारहरुको विकासका कार्यक्रम तथा योजनाहरू ल्याउन पत्रकार महासंघसँग माग गर्दछ । साथै सुरक्षित कार्य वातावरण बनाउन सम्बन्धित सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराउँदछ ।नेपाल सरकारले विभिन्न पत्रपत्रिकाहरूलाई दिँदै आएको लोक कल्याणकारी विज्ञापन कटौती गर्ने भन्ने विज्ञापन बोर्डको जानकारी प्रति ध्यानाकर्षण भएको जानकारी गराउँदै पत्रपत्रिकाले पाउँदै आएको विज्ञापनलाई नियमित रुपमा प्रदान गर्न माग गर्दछ ।कोशी प्रदेशमा मिडियाहरुको व्यवस्थापनका लागि सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न माग गर्दछ ।प्रेस चौतारी नेपाल पारदर्शीता र जवाफदेहिताको पक्षपाती रहँदै आएको छ । त्यसैले अहिले विभिन्न क्षेत्रमा भ्रष्टाचारका घटनामा नेपाल सरकारले गरीरहेको छानविनलाई निष्पक्ष रुपमा अघि बढाउन समेत माग गर्दछ भनिएको छ। कार्यक्रम प्रेस चौतारी नेपाल सुनसरी जिल्ला अध्यक्ष शुभद्रा प्याकुरेलको सभापतित्वमा सह सचिव तिलक पौडेलले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित