बिराटनगर । प्रदेश नम्बर १ को नाम मुलबासिको पहिचानको आधारमा नराखि एकल जातिय नश्लको आधारमा राखेको भन्दै जेठ १४ गतेदेखि बिराटनगर घेराउको आयोजना गरिएको छ ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जेठ १० गते प्रेस बिज्ञप्ति जारी गर्दै प्रदेश १ को राजधानी बिराटनगर घेराउ गर्न कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ १४ गते आह्वान गरिएको सूचना पाएपछि नाम खारेजीको दवाब दिनको लागि भन्दै बिरोध प्रदर्शन तथा घेराउको आयोजना गरिएको जनाएको छ । संयुक्त संघर्ष समितिले यस अघि शुरूवातदेखि नै बिरोध जनाउदै आएका थिए । त्यस क्रममा स्थानीय तहमा कोशी नाम लेखिएको बोर्ड च्यात्ने छाप जलाउने लगायतको कार्यक्रम व्यापक गरेका थिए ।
एमाले पहिचान विरोधि भन्दै केपि ओलिको प्रदेश १ भ्रमणको बेला पुर्वमा व्यापक बिरोध गर्दै लखेटिएका थिए । त्यस अघि मुख्यमन्त्री हिक्मत कार्किलाई ओखलढुंगामा ढुंगामुढा गर्दै कालो झण्डा देखाएर लखेटिएका थिए । माओवादीका इन्द्र आङ्बोलाई ताप्लेजुङबाट लखेटिएका थिए । केहिदिन अघि कोशि नाम प्रस्तावक राम मगरलाई पनि इलामबाट ढुंगामुढा गर्दै लखेटिएका थिए ।
यसै क्रममा बिराटनगरमा लाठि प्रहारबाट लाजेहाङको मृत्युु भएको छ । प्रहरीले लाठीचार्ज गर्दा गोलि चलाउदा आन्दोलनकारी धेरैजना घाइते भएका छन । पहिचानबादिले ८२ जना सांसद कालो मोसो दल्नेदेखि सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउनेसम्म बिरोध कार्यक्रम गर्दै आएका छन ।
Discussion about this post