धरान । लायन्स कल्ब डिस्ट्रिक ३२५ सिको धरानमा प्रथम पटक बार्षिक महाधिवेशन आगामी जेठ १२ हुने भएको छ ।
आयोजक समिति सुनसरीले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै जेठ १२ गते धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको भवनमा हुने जानकारी दिएको छ । डिस्ट्रिक ३२५ सि अन्तर्गत कोशी प्रदेशको १० वटा जिल्लाहरु रहेको जानकारी दिए । जहाँ करिब १६० वटा क्लबहरु रहेको कुरा अध्यक्ष धिरज गुरुङले जानकारी दिए । स्थापनाको कालको ५२ बर्षको लामो इतिहासमा धरानमा प्रथम ऐतिहासिक महाधिवेशन हुन लागेको भन्दै भब्य रुपमा सफलता बनाउन मिडियालाई पनि सहयोग मागे ।
इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानको प्रमुख आतिथ्यमा सो महाधिवेशन हुने बताए । महाधिवेशन अघि खुल्ला सत्रमा झाकिर्यालि सहित नगर परिक्रमा गरिने जनाएको छ ।
लायन्सले अव रेडक्रसको जस्तै छुट्टै ब्लड बैंक स्थापना गर्ने बताए । लायन्सलाई विदेशबाट कुनै आर्थिक सहयोग न आउने भन्दै काम योजना अनुसार आफै आर्थिक संकलन गरेर काम गरिरहेको बताए । लायन्सले धरानमा सत्य साई स्कुलको भवन बनाएको बताए । धरान १५ ज्ञान चक्षुमा सेतो छडि वितरण गरेको बताए । कान नसुन्नेलाई वर्गीकरणको आधारमा मेसिनको मुल्य पर्ने भन्दै सोहि अनुसार उपलब्ध गराउने गरेको बताए । त्यसैगरी शैक्षिक सामग्री वितरण लगायतको सामाजिक कार्य गरिरहेको बतए ।
Discussion about this post