धरान । नेपाली कांग्रेसले पार्टीलाई सुदृढ, सवल, सक्षम र जनमुखि बनाउन आपसी मेलमिलाप र एकता अभियान सञ्चालन गर्ने भएको छ ।
नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले यस्तो निणर्य गरेको हो । पार्टीका केही साथीहरुको पार्टीप्रति उत्पन्न असन्तुष्टि, निष्किृयता, उदासिनता, वितृष्णा र पार्टी परित्यागका विचार तथा घटनाहरु सार्वजनिक भएको विषयप्रति अति संवेदनशील र गम्भिर हुंदै क्षेत्रीय सभापतिको संयोजन र वडा सभापतिको समन्वयमा क्षेत्र समितिको स्थायी आमन्त्रित व्यक्तित्वहरु सहित वडावडा, टोलटोल र घरघरमा गई पार्टीमा व्यापक भावानात्मक एकता र मेलमिलापको अभियान सञ्चालन गर्न लागेको प्रवक्ता एवम् क्षेत्रीय सचिव केशव पुरीले बताए ।
बैठकले सुनसरी, क्षेत्र नं. १ अन्तर्गत रहेका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका वर्तमान पदाधिकारी तथा सदस्य, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्व जिल्ला पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका पूर्व र वर्तमान सदस्य तथा प्रत्यासी, स्थानीयतहका पूर्व प्रमुख÷उपप्रमुख तथा प्रत्यासी, वर्तमान महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रका पूर्व पदाधिकारी, प्रदेशसभा क्षेत्र १(१) र १(२) का पूर्व सभापति, उपमहानगर/नगरका वर्तमान सभापति तथा पूर्व सभापति र स्थानीयतह संसदीय दलका नेता, भातृ तथा शुभेच्छुक संस्थाका पालिका, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्लाका सभापति, प्रदेश पदाधिकारी र केन्द्रका पदाधिकारी तथा सदस्यहरुलाई क्षेत्रीय कार्यसमितिको बैठकमा स्थायी रुपमा आमन्त्रित गर्ने निर्णय भएको क्षेत्रीय सचिव महेन्द्र प्रधानले बताए ।
क्षेत्रीय कार्यसमितिको यो निर्णयवाट केन्द्रीय सदस्यद्धय मीनबहादुर विश्वकर्मा र लक्ष्मी खतिवडा, पूर्व केन्द्रीय सदस्य एवम् सांसद मिना सुब्बा, प्रदेश महामन्त्री उमेश थापा, पूर्व जिल्ला सभापति हरिनाथ वास्तोला, पूर्व प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, प्रदेश सांसद ममता तामाङ, संविधानसभा सदस्यका प्रत्यासीद्धय उमा वास्तोला र विनोदकुमार राई, राष्ट्रियसभा सदस्यका प्रत्यासी मिना पुलामी, प्रदेशसभा सदस्यका प्रत्यासीहरु किशोर राई, बुद्धि कटवाल र गोविन्द दर्नाल, बराहक्षेत्र नगर प्रमुख एवम् सभापति रमेश कार्की, पूर्व धरान नगर प्रमुख तिलक राई, धरान नगर प्रमुखका प्रत्यासीद्धय प्रा.डा. गोविन्द सुब्बा र राजविमल श्रेष्ठ, रामधुनी नगर प्रमुखका प्रत्यासी एवम् सभापति सुदिप अधिकारी, धरान नगर उपप्रमुखका प्रत्यासी एवम् महासमिति सदस्य श्यामा रेग्मी, बराहक्षेत्र नगर उपप्रमुखका प्रत्यासी एवम् महाधिवेशन प्रतिनिधि पुजा धामी, प्रदेश सदस्यहरु सन्तोष वि.क., अन्जना राई र गणेश परियार, जिल्ला सचिव माधव घिसिङ, जिल्ला सहसचिव गणेश सुुब्बा, महासमिति सदस्यहरु पर्वत राई, सुवास राई, कृष्णकला मादेन, जगतबहादुर कार्की र नारद राई, पूर्व जिल्ला सचिवहरु गिरिराज आचार्य, भिष्म काप्mले र मदन ढकाल, पूर्व जिल्ला सहसचिव एवम् महाधिवेशन प्रतिनिधि विकास आचार्य, महाधिवेशन प्रतिनिधिहरु चन्द्रशेखर लामा, संदिप श्रेष्ठ, डा. तुलसी गौतम, ललिता अधिकारी, चित्रकुमारी राई, निलकुमारी गिरी, दिपेशजंग बस्नेत, अनिल अग्रवाल(प्रिन्स), रवि राई र राजु शाह, जिल्ला सदस्यहरु चन्द्र नेपाल, इन्दिरा पलिखे, अनुपमा सुनुवार, विन्दु राई, विजय चौधरी, धरान नगर सभापति श्याम पोखरेल, धरान उपमहानगर संसदीय दलका नेता नरेन्द्रकुमार राईृ(प्रविन), पूर्व क्षेत्रीय सभापतिद्धय हेमलाल लिम्वु र सुरेशमान श्रेष्ठ, पूर्व क्षेत्रीय उपसभापतिद्धय धिरजबहादुर श्रेष्ठ र विश्वराज भण्डारी, पूर्व क्षेत्रीय सचिवद्धय मुकेश थापा र पदम राई, पूर्व क्षेत्रीय सचिव एवम् नेपाल महिला संघका क्षेत्रीय सभापति नेत्रकुमारी राई, पूर्व क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई, पूर्व क्षेत्रीय सहसचिव प्रेमकुमार राई, पूर्व धरान नगर सभापति प्रा.आनन्द आचार्य, पूर्व बराहक्षेत्र नगर सभापति नारायण नेपाल, साविक चतरा गा.वि.स. का पूर्व सभापति रतनप्रसाद राई, साविक बक्लौरी गा.वि.स.का पूर्व सभापतिहरु पर्शुराम अधिकारी, भरतनारायण चौधरी, भिष्मराज महत, शिवशंकर राजधामी र उपेन्द्र कटवाल, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सुनसरीका सभापति तिलक सुनुवार, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय उपाध्यक्ष डा.जीवनकुमार राई, नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य रमेश बस्नेत र प्रदेश उपसचिव पदमसुन्दर लिम्वु, प्रजातन्त्रवादी प्राध्यापक संघ कलेज सभापतिहरु बद्री तामाङ, मनोज खनाल, रामदयाल यादव र डा.महानन्द तिम्सिना, नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री सचित शर्मा, पूर्व स्ववियू सभापति एवम् बराहक्षेत्र नगर सचिव प्रतिक राई, पूर्व स्ववियू सचिव दोर्ची शेर्पा, नेविसंघ क्षेत्रीय सभापति अजित लिम्वु, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका क्षेत्रीय सभापति प्रवेश तावा, प्रदेशसभा १(१) सभापति भावना चित्रकार, प्रदेशसभा १(२) सभापति सविर लिम्वु, धरान नगर सभापति विमानसिंह तामाङ, नेपाल महिला संघका प्रदेशसभा १(१) सभापति निर्मला नेपाल, धरान नगर सभापति सुशिला श्रेष्ठ, नेपाल तरुण दलका क्षेत्रीय सभापति गणेश लिम्वु, का.वा.नगर सभापति राम तामाङ, नेपाल शिक्षक संघ धरानका सभापति आशबहादुर राई, नेपाल प्रेस युनियन धरानका सभापति मातृका नेपाल लगायतका व्यक्तित्वहरु क्षेत्रीय कार्यसमितिको बैठकमा स्थायी रुपमा आमन्त्रित हुने भएका छन् ।
Discussion about this post