राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वडा नम्बर ५ मा भवन शिलान्यास

धरान । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिका वडा नम्बर ५ को श्री हिमाली मा. वि . देउरालीमा चार कोठे पक्की भवनको शिलान्यास भएको छ ।

धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र बेघाको प्रमुख आतिथ्यमा मंगलबार शिलान्यास गरिएको कुरा वडा नम्बर ५ का वडा अध्यक्ष मनप्रसाद लिम्बुले जानकारी दिए । वडा अध्यक्ष लिम्बुले राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत धरान वडा नम्बर ५ मा चारकोठा पक्कि भवन बन्न लागेको जानकारी दिए । उनले वडा नम्बर ५ मा संघीय सरकारबाट ४५ लाख रुपैया र नगरपालिकाबाट सहित जम्मा ६५ लाख रुपैयाको लागतमा बन्न लागेको जानकारी दिए ।

वडा अध्यक्षले जानकारी दिए अनुसार धरान उपमहानगरभित्र वडा नम्बर १५ र १७ सहितमा राष्ट्रपति शैक्षिक कार्यक्रम २०७९ अन्तरगत १ करोड ९५ लाख २२३ रुपैयामा टेन्डर आह्वान गरेर निर्माण कार्य भैरहेको बताए । सबै काम असार मसान्तसम्म सक्नेगरी काम थालिएको जानकारी दिए ।

शिलान्यास कार्यक्रममा वडा सदस्य बिजय राई विद्यालय व्यावस्थापन समिति अध्यक्ष दिपक तामाङ बिध्यालयका प्रधानाध्यापक एम कुमार खत्री लगायत अन्य शिक्षक तथा ब्याक्तित्वहरुको उपस्थिति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित