प्रदेश १ को बजेट अधिवेशन १४ गते आह्वान

बिराटनगर । प्रदेश १ को बजेट अधिवेशन यहि २०८० साल साल जेठ १४ गते आइतबार २ बजे आह्वान गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयले आज प्रेस बिज्ञप्ति जारी गर्दै प्रदेशको निर्वाचनपछिको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेको जनाएको छ । प्रदेश सरकार, मन्त्रिपरिषदले २०८० साल जेठ ८ गतेको सिफारिस गरेको भन्दै उक्त समय प्रदेश प्रमुखसमक्ष पठाएको हो । प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बत् आगामी २०८० साल जेठ १४ गते आईतवार दिनको २:०० वजेको लागि प्रदेश १ को प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आव्हान गरिएको बिज्ञप्तिमा जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित