मिस्टर प्रोभिन्स किड्स इन्छुहाङ र मिस प्रोभिन्स किड्स तनिषा घोषित

धरान । केहि महिनादेखि संचालन भएको मिस्टर एण्ड मिस प्रोभिन्स किड्स प्रतियोगिताबाट मिस्टर प्रोभिन्स किड्स इन्छुहाङ लिम्बु र मिस प्रोभिन्स किड्स तनिषा बन घोषित भएका छन ।

जेठ  ६ गते धरान १५ चुम्लुङ हिममा सम्पन्न भएको ग्राण्डफिनालेबाट दुबैजनालाई मिस्टर मिस प्रोभिन्स किड घोषित गरेको कुरा आयोजक ड्रीम्स एम प्रोडक्सनले जानकारी दिए । प्रतियोगिताको फस्ट रनर अप मिङसोहाङ्ग लिम्बू र सेकेन्ड रनर अप नुनम हाङ्ग लिम्बू घोषणा भएका थिए । मिस्टर ट्यालेन्टमा समिर तामाङ,मस्ट डिसिप्लिन इन्छिहाङ लिम्बु घोषित भएका थिए । त्यसैगरी मस्ट स्मार्टको उपाधि नुनामहाङ लिम्बुले जितेका थिए । बेस्ट वक मिङ्सोहाङ लिम्बु घोषित भए । पब्लिक चोइस मियोक नाम्हाङ लिम्बु घोषित भएका थिए ।

मिस प्रोभिन्स किडस तर्फ सियोना राई फस्ट रनर अप घोषित भए । सेकेन्ड  क्याथलिन श्रेष्ठ भए । मस्ट ब्युटिफुलको उपाधि  मिजोङ गुरुङ भए । मस्ट चार्मिङको उपाधि अन्जल चेम्जोङले प्राप्त गरे । मिस ट्यालेन्ट कथलिन श्रेष्ठले प्राप्त गरिन । मस्ट डिसिप्लिनको उपाधि तनिषा बनले प्राप्त गरिन । सोफिया लिम्बुले बेस्ट वक घोषित हुँदा मिङ्सो लिम्बुले बेस्ट मस्ट एक्टिभको उपाधि प्राप्त गरिन । बेस्ट स्माईलको उपाधि अनन्य गुरुङ घोषित भएका थिएन । मिस प्रोभिन्स किड पब्लिक चोइसको अवार्ड आकांक्षा शाक्यले हात पारिन । मस्ट स्टाईल कविशा लिम्बु,मिस बबि मिसम लिम्बु,मिस फ्रेन्ड्लि सिमा साह,मस्ट कन्फिडेन्ट सोनिया लिम्बु,मिस फोटोजेनिक शोभा लिम्बु र मस्ट अबिडेन्टको उपाधि सियोना राईले हात पारेका थिए ।

फाईनल राउन्डको निर्णायकमा नुरिन ज्याक्सन बस्नेत मिस प्रोभिन्स आईडल बिजेता,रजनी तुम्सा लिम्बू  मिस स्टेट-१ बिजेता,शृङ्खला राई मिस प्रोभिन्स आईडल फ्रस्ट रनर अप,पोषन श्रेष्ठ प्राध्यापक र हरि हाङ्ग तिगेला रहेका थिए ।

प्रोभिन्स किड्स २०२३ को बिजेताले २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी क्रमस फस्ट रनर अप लाई १५ हजार , सेकेन्ड रनर अप लाई १० हजार क्राउन ट्रफी सर्टिफिकेट प्रदान गरिएको कुरा मेरिना तुम्साले जानकारी दिए । साथै अन्य बिधाका बिजेताले पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित