संसारका मजदुर एक हौं । यो नारा नेपालमा कम्युनिष्टहरुले लगाउँदै आएको एउटा नारा हो । नारासंगै विश्वका कम्युनिष्ट ठूला नेताको तस्विरहरु पनि लहरै देख्न सकिन्छ । श्रम खासगरी ज्याला लिएर वा ज्याला नलिएर गरिने दुई प्रकारले गरेको पाईन्छ । ज्याला लिएर गरिने श्रमलाई रोजगार मानिन्छ । ज्याला नलिइकन गरिने श्रम एक अर्कामा गरिने श्रमको सहयोगको रुपमा लिइदै आएको पाइन्छ ।
कल कारखानामा काम गर्ने होस या कृषिमा काम गर्नेहरु हुन सबै श्रम गर्ने श्रमजीवीहरु नै हुन । त्यसैगरी घरायसी होस या कुनै पनि कार्यालयमा काम गर्ने, श्रमजीवी श्रमिक नै हुन । कार्यालयमा खटिएका श्रमजीवी वा श्रमिकलाई कर्मचारी भनेर बोलाईन्छ । २१ औ शताब्दीमा आएर भने श्रमजिबिको लागि निश्चित न्युनतम ज्याला राज्यबाट निर्धारण गरिएको पाईन्छ । राज्यबाट तोकिएको ज्याला भन्दा कम दिएर श्रममा लगाउनु र बिना ज्याला श्रममा लगाउनुलाई श्रम शोषण गरिएको परिभाषा गरिएको पाईन्छ ।
श्रमिकको आन्दोलनलाई संबोधन गर्दै हरेक अङ्ग्रेजी महिनाको मे १ तारिक अन्तर्राष्ट्रिय श्रमिक दिवस,”
श्रम शोषण नहोस भन्ने उदेश्यले नेपालको सन्दर्भमा श्रम ऐन २०७४ बनेको छ । रोचक कुरा बिकृति बिसंगती विरुद्ध लेख्ने पत्रकारहरुको समेत श्रम शोषण भएपछि पत्रकारको हितको लागि श्रमजीवी ऐन नै बनेको छ ।
श्रम संस्कृतिको शुरुआत कहिलेदेखि भयो भन्ने कुनै प्रमाणिक आधार छैन । तर मानव जाति जब जंगली ढुंगे युगबाट कृषी युगमा प्रवेश गरे अनि सामाजिक प्राणी बन्न थाले त्यहीँदेखि श्रम संस्कृतिको शुरुआत भएको अनुमान गर्न सकिन्छ ।
जतिबेला मानिस जंगलको ओडारबाट घर बनाउन थाले अनि कृषिको काम शुरु गरे त्यस बेला जनको आवश्यकता भयो । एक्लै नसक्ने काम अव दुई वा दुई भन्दा बढी व्यक्तिको आवश्यकता भयो तव श्रम संस्कृतिको शुरुआत भएको अनुमान गर्न सकिन्छ ।
“रोचक कुरा बिकृति बिसंगती विरुद्ध लेख्ने पत्रकार समेत श्रम शोषण भएपछि पत्रकारको हितको लागि भनेर नेपालमा श्रमजीवी ऐन नै ल्याएको छ ।”
परम्परागत श्रम संस्कृति
मानव समुदायले दुई युगलाई पार गरेर कृषि युग हुँदै औद्योगिक युग प्रवेश गरे त्यस वीचमा बाँच्नका लागि ठुलो संघर्ष गर्नु पर्यो । कृषि गर्न सिमांकन, घर बनाउन र क्रमिक रुपमा गाउँ हुँदै राज्य अर्थात देश बनाउन सिमाना कायम गर्न युद्ध समेत भएको पाइन्छ ।
यसै क्रममा ससाना राजा रजौटाको निर्माण भए । जहाँ राजा अनि गाउँको मुखिया या शासक बन्ने क्रम भयो । राजा अनि मुखिया शासकले कृषि तथा युद्ध लड्न सेना अनि राज दरवार बनाउन जनको आवश्यकता प¥यो । त्यही आवश्यकताले श्रमजीवी श्रमिक बन्न पुगे । मुखियाको काम, राजा रजौटाको काममा रैतीहरु लगाउन थाले त्यहीँदेखि श्रम संस्कृतिको शुरुआत भएको अनुमान गर्न सकिन्छ ।
यसको ज्वलन्त उदाहरण चीनमा लगाएको ‘ग्रेटवाल’लाई लिन सकिन्छ । ग्रेटवाल एकजनाले मात्र होइन हजारौं श्रमजीवीले श्रमदान गरे । राजा महाराजाले आफ्नो राज्य बचाउनको लागि रैति नागरिकलाई श्रममा लगाए । उदाहरणको रुप्मा नेपालको पुर्वी उत्तर तत्कालीन किरात लिम्बुवान क्षेत्रको संखुवासभा जिल्लाको उत्तरी भेगमा गोबाङ्गि प्रथा थियो । तत्कालीन ऐतिहासिक शिङ्सा क्षेत्र हालको भोटखोला गाउँपालिका जहाँको शासक गोबा थिए । अनि मझिया पनि थिए ।
शासक प्रशासकलाई खुशि पार्न तथा गोबा मझियाको काममा सघाउन स्थानीयले घर बनाउनदेखि लिएर कोदो रोप्न गुहार माग्ने चलन रहेको कुरा (गेम्बु) किजा मझिया भोटे बताउँछन् । उनी भन्छन् ‘ त्यसरी गरिने श्रमदानलाई `धि श्यी´ भनिन्छ जसको अर्थ हुन्छ चारपटक । किजा मझियाका अनुसार गोबालाई चार दिनसम्म काममा सघाउने प्रचलन थियो ।
मझिया लाई स्थानिय भाषामा `गेम्बु´ भनिन्छ भनिन्छ । उसको लागि एक दिन श्रममा जाने प्रचलन रहेको थियो । जुन काम वर्षेनि उर्दि गरेर बिना पारिश्रमिक गराइन्थ्यो । त्यसैगरी राजा महाराजा बाहेक लामा बिजुवाले जनहितका लागि रोग बिमार हुँदा बिना पारिश्रमिक बिना शुल्क धामि बस्ने काज कृया जनहितको लागि गरिदिन्थे ।
त्यस बापत पनि स्थानीयले लामा बिजुवाको काम सघाउन जाने प्रचलन थियो । यही प्रथाबाट स्थानीयले घर बनाँउदा वा कृषि लगायत अन्य कठिन काममा बिना पारिश्रमिक श्रम गरिदिने चलन गाउँघरमा बसेको थियो । तर हाल गोबा र मझियाको ‘गुहार घिस्यि’ श्रममा जाने प्रचलन पुर्णरुपमा हटेको किजा मझिया (गेम्बु) बताउँछन ।
“गोबा मझियाको कामको लागि श्रम गर्न जाने प्रचलनलाई `धि स्यि´भनिन्छ जसको अर्थ चार दिन चारपटक हुन्छ । गोबालाई चार दिन मझियालाई एक दिन श्रमदान “
बिकास निर्माण र श्रमदान
नेपालमा आर्थिक वर्षसंगै बजेट भाषण गरिन्छ बिकास निर्माणको लागि बजेट विनियोजन हुन्छ । विनियोजित बजेट कार्यान्वयन गर्न स्थानीय उपभोक्ताले निश्चित प्रतिशत श्रमदान गर्नुपर्ने बजेट ऐनमानै उल्लेख हुन्छ ।
त्यस्तो प्रावधान त्यो बिकास निर्माणका लागि मेरो पनि सहभागीता छ र मेरो श्रम परेको छ भन्ने कुराले मेरै लागि हो भन्ने अपनत्व बोध गराउदा बिकासका काम दिगो राम्रो हुन्छ भन्ने रणनीति तय गरेको पाईन्छ ।
२०५१ सालमा पहिलो कम्युनिष्ट सरकार मनमोहन अधिकारीको पालामा त आफ्नो गाउँ आफै बनाओ भन्ने नाराले श्रम संस्कृतिलाई प्रबद्र्धन गरेको पाईन्छ । त्यसगरी माओवादी द्वन्दकालमा पनि श्रमदानबाट बाटोघाटो बनेका थिए ।
“२०५१ सालमा पहिलो कम्युनिष्ट सरकार मनमोहन अधिकारीको पालामा आफ्नो गाउँ आफै बनाओ भन्ने नाराले श्रम संस्कृतिलाई प्रबर्द्धन गरेको पाईन्छ । त्यसगरी माओवादी द्वन्दकालमा पनि श्रमदानबाट बाटोघाटो बनेका थिए ।”
धरानको बिकास र श्रमदान
अहिलेको अवस्थामा आइपुग्न धरानले धेरै कालखण्ड पार गरेको छ । बुद्धिकर्ण रायपछि बिस १९५० तिर जंगल फडानी गर्दै बिस १९५९ मा राणा प्रधानमन्त्री चन्द्र शम्शेर अनि बिस १९९० मा जुद्ध शमशेरले क्रमिक रूपमा बसाल्दै गएको बस्ती धरान बनेको हो । बिस २०१७ सालमा धरान घोषित रुप्मा नगरपालिका बनेको हो ।
धरान मात्र होइन सबै स्थानीय तह अहिले पनि केन्द्रिय बजेटमै निर्भर छ । देशमा आम्दानि श्रोत कमि भएको कारण अनि आन्तरिक उत्पादन नभएको हुनाले नै धरानमा भनिएजस्तो बिकास हुनसकेको पाइदैन । बिस. २०१० सालमा गोर्खा भर्ती खुले त्यसपछि भर्ती लागेकाहरु पेन्सनर भएर पर्केपछि धरानमा बसोबास गर्न थाले । आर्थिक रुपमा मजबुत भएको तत्कालीन समयमा लाहुरे नामबाट चर्चा कमाएका उनिहरुले देश बिदेशका बिकास निर्माण देखेका बुझेका थिए ।
धरानलाई त्यस्तै ठाउँ बनाउने सपना अनि अठोटमा लाहुरेहरु लागे । सैनिक भवन धरानका सचिवालयमा कार्यरत भूपुसैीनक बुद्धिराज लिम्बु भन्छन ‘भुपु सैनिक बिनाको धरानको विकास कल्पना गर्न सकिन्न ।’ गरिबलाई आर्थिक सहयोगदेखि बाटोघाटो निर्माणका लागि धरानमा भुपु सैनिकको ठूलो योगदान रहेको उनि बताउछन ।
सानो बजेट आन्तरिक उत्पादन कम भएको धरानमा लाहुरेले बिस्तारै लगानी गर्न थालेका हुन । यस अघि धरानमा स्थानीयको १० देखि २० प्रतिशत जनसहभागीता अर्थात श्रमदान रहने गरेको थियो । पछिल्लो समय लाहुरे बसेको टोल वडा एरियामा बजेट पर्थे त्यहाँ स्वत स्फुर्त रुपमा आधा आधाको साझेदारीमा बिकास निर्माण हुन थाले ।
लाहुरेको शहर भनेर चिनाउनमा उनिहरु काम विशेषले बस्न नसक्ने तर श्रमदानबापत योजनामा आधा प्रतिशत नगद योगदान दिई श्रमदान मार्फत धरानको बिकासमा टेवा पुर्याउन शुरु गरे । सैनिक भवनका कोषाध्यक्ष राजेन्द्र लिम्बु भुपु लाहुरेले श्रमदान मार्फत निर्माण गरेको सिद्धार्थ मार्ग, न्युरोड नमुना घर उदाहरण भएको बताउँछन् ।
लिम्बुका अनुसार धरानमा पहिलो सैनिक भवन नै सामुदायिक भवन हो, जुन भुपु सैलिकहरुकै लगानीमा बनेको हो । त्यसैगरी धरानमा बृटिश सामुदायिक भवन, घण्टाघर नजिक गोर्खा कम्प्लेक्स गोर्खा सहकारी जस्ता योगदान भुपु सेनाबाट श्रमदान मार्फत योगदान रहेको उदाहरणहरु छन् ।
बिगत एक वर्षदेखि नियमित रूपमा श्रम संस्कृति पार्कमा धरान १६ का भुपु सैनिक दम्पती बिष्णु याक्खा र रामबहादुर फागो वनेम बिरुवामा पानी लगाउदै आएक छन् । वनेम भन्छन् ‘भूपुुसंगै जोडिएको गोर्खा वेलफेयर ट्रस्टले ३ करोड ३९ लाखको लागतमा खर्दुको मुहानमा ड्याम सहितको खानेपानी स्तरोन्नति कार्य भैरहेको छ ।’
धरानमा श्रम संस्कृतिको कुरा गर्दा २०५७ साल जेट १८ गतेदेखि धरानको पुर्व तत्कालीन पाँचकन्या गाबिसमा ९५ घरपरिवारले गरेको विकास निर्माणलाई सम्झिनुपर्ने हुन्छ । जलकन्या सामुदायिक वनमा हाल समेत अध्यक्ष रहेका धनबहादुर तामाङको भनाई छ ‘जलकन्याको दुई किलोमीटर बाटो स्थानीयले श्रमदानबाट बनाएको हो ।’ हाल त्यहाँ पोखरी, गोल घर, काठको भवन लगायत स्थानीयको श्रमदानबाट बनेका छन् ।
भोजपुर पुख्र्यौली घर भएका तामाङका अनुसार उनलाई वन सम्बन्धि केहि जानकारी भएको सेनाबाट आउने जाने गर्दा त्यहाँ भएको वन सम्बन्धि कार्यक्रममा सहभागी हुँदा स्थानीयले अगुवाइ गर्न आग्रह गरे । सोही आग्रह अनुसार विकास निर्माणको कार्यमा उनि लागेका हुन ।

श्रम संस्कृति र मेयर हर्क साङपाङ
धरान नगरपालिका भएदेखि आज सम्म धेरै मेयर अर्थात नगरप्रमुखहरु आए । त्यस अवधिमा चर्चामा रहेकाहरुमा ध्यानबहादुर राई, मनोज मेयाङ्बो, तारा सुब्बाको नाम विशेष उल््लेखनीय छ्न । पछिल्लो समय २०७९ बैशाखमा स्वतन्त्र उम्मेदवारका रुपमा मेयरका चुनाव जितेका हर्क साङपाङ देश विदेशमा चर्चाको विषय बनेका छन् । उनि चर्चामा रहनु श्रम संस्कृति मुख्य कारण हो ।
मेयर निर्वाचित भएदेखि चुनावी प्रतिबद्धता भन्दै स्थानीय पानीको श्रोत व्यावस्थापनमा निरन्तर लागेका छन् । मेयर साङपाङ भन्ँछन् ‘श्रमदान कार्य कसैको कपि गरिएको होइन, काम गर्दै जाँदा सबैबाट साथ सहयोग मिलेको हो ।’ पहिलो काम धरान–२० पकुवा मुहानबाट भएको तर बढि चर्चा साथ भने सर्दुखर्दुबाट मिलेको उनले बताए ।
त्यसैले पकुवालाई मुहान ट्याङ्कि नाम राखिएको मेयर साङ्पाङ बताँउछन । उनका अनुसार धरान १५ बुढासुब्बा नजिक बनाएको ट्यांकि श्रमदान र हर्क साङ्पाङ सपोर्ट समिती युकेबाट बनेकोले त्यस ट्यांकिको नाम धन्यवाद ट्यांकि राखिएको हो । श्रम संस्कृति परापुर्व कालदेखि नै भए पनि पछिल्लो समय धरानमा मेयर हर्क साङ्पाङले थप प्रबर्द्धन गरेको पाईन्छ ।
मेयर साङ्पाङकै अगुवाईमा सर्दुखर्दु निशानेमा ६ लाख बिरुवा रोपिएको दाबी गरिएको छ । उनका अनुसार यसपटक २५ लाख बोट बिरुवा रोप्ने सबैलाई आह्वान गरिएको छ । पाँच वर्षे कार्यकालमा श्रमदानबाट १ करोड ६ लाख बिरुवा रोप्ने लक्ष्य रहेको मेयर साङ्पाङले बताए । बजेटबाट हुने विकास निर्माण नियमित हो भन्ने मेयर साङ्पाङ त्यति प्रचार गर्न रुचाउदैनन । गोर्खा वेलफेयर ट्रष्टद्वारा निर्माण भैरहेको ३ करोड ३९ लाखको खानेपानी प्रोजेक्टको पनि प्रचार गरिएको पाईदैन ।
श्रमदानबाट धरान–२० पकुवा खोलाको मुहानबाट करिब ४ किलोमीटर लामो दुरिमा धरान धरान–११ र १७ को लागि खानेपानी ल्याइएको छ । पकुवा खोलापछि निरन्तर श्रमदानबाट सर्दु, खर्दु, निशानेमा ट्यांकि सहित निर्माण गरि करिब ५ किलोमीटर दुरिमा धरान ११ स्थित स्वस्तीक चोकको ट्यांकिमा पानी थपिएको छ ।
सर्दु, खर्दु, निशानेका दुई लाख लिटरको ट्यांकि निर्माणमा ३५ लाख रुपैया गोर्खा पिस फाउन्डेसनले सहयोग गरेको हो । त्यहाँ निर्माण कार्यमा हजारौं श्रमदाता सामेल भएका थिए । त्यसैगरी धरान ४ भालुखोलाबाट वडा १५ को लागि करिब ५ किलोमिटरको दुरिमा पाईप बिछ्याउदै सेउति खोला किनारमा ठुलो ट्यांकि बनेको छ ।
हर्क साङ्पाङ सपोर्ट समिति युके सहितको आर्थिक सहयोग तथा श्रमदानबाट बनेको धन्यवाद ट्यांकिको क्षमता १ लाख ३७ हजार रहेको छ । पकुवा, सर्दु खर्दु, निशाने भालुखोला समेतको मुल्यांकन गर्दा ३ करोड भन्दा लागतका काम भएको खानेपानी व्यावस्थापन बोर्डका सब इन्जिनियर सुसन थापा बताँउछन ।
सर्दुखर्दु निशानेमा ट्यांकि बनेपछि जंगलबाट पानी तान्दा लाग्ने बिजुली महसुल ५० लाख रुपैया वचत भएको मेयर साङ्पाङले जानकारी दिए । बर्खायाममा समेत बोरिङ गरेर खानेपानी तान्नु पर्ने र अहिले सुख्खायाममा पानी तान्दा बिजुलिको महसुल मासिक ५३ लाख उठ्ने गरेको कुरा इन्जिनियर राजु पोखरेल बताउँछन ।
पोखरेलका अनुसार मेयर हर्क साङ्पाङ आएर व्यावस्थापन र श्रमदानबाट थप पूर्वाधार बनेका कारण मासिक बिजुली महसुल २० लाख रुपैयासम्ममा झारेको छ । अहिले धरान २० स्थित कोखा खोलाको पानी जनश्रमदानबाट नै आईपुग्ने अन्तिम तयारीमा छ । कोखा खोलाको पानी ल्याउन हालसम्म नगद जिन्सी सहित ४ करोड ९७ लाख ४७ हजार २९६ रुपैया बराबर प्राप्त भएको आय व्यय प्रोजेक्ट मेनेजरको रुपमा चिनिने दत्त लिम्बुले बैशाख ५ गते सार्वजनिक गरेका छन् ।
कोखा खोलाको पानी ल्याउन भनेर खानेपानी व्यावस्थापन बोर्ड धरानले पुरानो स्टकमा रहेको ९ लाख १४ हजार ८ सय बराबरको पाईप सहित अन्य सामग्री प्रयोग गरिएको व्यावस्थापन बोर्डका स्टोर किपर गंगाराम भट्टराई बताउँछन ।
उनका अनुसार बोर्डले कानुनी रित पुर्याएर ५७ लाख ३६ हजार ३२० रुपैयाको पाईप सहितको जिन्सि सामग्री खरिद गरि कोखा खोला पानी अभियानलाई दिएको छ । भौतिक रुपमा हजारौं आएर श्रमदानको कुनै लेखाजोखा नरहेको दत्त लिम्बु बताउँछन । कोखाबाट पानी ल्याउने अभियानमा अहिले पनि श्रमदानमा निरन्तर काम भैरहेको छ ।
“कोखा खोलाको पानी ल्याउन हालसम्म नगद जिन्सी सहित ४ करोड ९७ लाख ४७ हजार २९६ प्राप्त भएको ।”

“बिजुलिको महसुल मासिक ५३ लाख उठ्ने गरेको कुरा इन्जिनियर राजु पोखरेल बताउँछन् । इन्जिनिर भन्छन मेयर हर्क साङ्पाङ आएर व्यावस्थापन र श्रमदानको कारण मासिक बिजुली महसुल २० लाखसम्म झारेको बताउँछन् ।”
निष्कर्ष
सभ्यताको विकाससंगै शुरु भएको श्रम संस्कृतिलाई संस्थागत गर्न नेपाल सरकारले नितिगत रुपमा पनि अहिले पनि अपनाएको पाईन्छ । बजेट कार्यान्वयन गर्दा उपभोक्ताले व्यहोर्नुपर्ने श्रमदान भनेरै सम्झौता गरिने प्रावधानले यस्को पुष्टि गर्दै आएको छ ।
जनसहभागिता मार्फत भएको विकास निर्माणले दिगोपनासंगै आफ्नै भएको अपनत्व बोध गराउदछ । तर पछिल्लो समयमा आएर भने ठेक्का प्रवृत्तिले श्रमदान गर्ने संस्कृतिलाई बिस्थापित गरेको छ । निर्माण व्यावसायीको नाममा बजेट कार्यान्वयन गर्दा ठेक्का दिने प्रचलनसंगै त्यसभित्र रहेको कमिसनले श्रम संस्कृतिको लाभ भन्दा निर्माण कार्य कमसल हुने, ठेकेदार भाग्ने जस्ता समस्या निम्त्याएको छ ।
देश विकासको लागि श्रमदान तथा श्रम संस्कृतिलाई नितिगत रुपमा लागु गरिएमा विकास निर्माण काईप्रति समुदायको अपनत्व बढ्ने देखिएको छ । श्रम संस्कृतिलाई प्रबद्र्धन गर्न विद्यालय तहमा पठन पाठन तथा अतिरिक्त कृयाकलापमा नमुना अभ्यास गराउन सकिन्छ ।
नेपालका कारागारमा पनि हजारौंको संख्यामा जनहरु थुनिएका छन । तिनिहरुलाई पनि वर्गीकरण गरि जघन्य अपराध बाहेकका कैदिहरुलाई श्रममा लगाउने र सोहि अनुसारको कैद भुक्तान गर्ने कानुनि प्रावधान निर्माण गर्न सकिन्छ । nimapongsuwa@gmail.com
Discussion about this post