सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघमा हरिप्यारा सहित नयाँ समिति चयन

नवीन रम्तेल
धरान । ” हामी सुधारौं हाम्रो विद्यालय” मूल नाराका साथ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको धरान नगर सम्मेलनले हरिप्यारा श्रेष्ठको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ।

शनिवार पब्लिक हाईस्कुलको सभाहलमा सम्पन्न सम्मेलनले समितिको उपाध्यक्षमा नैनकला न्यौपाने, सचिव संगिता सुनुवार लिम्बू, कोषाध्यक्ष विवलिम्बु,सहसचिव महेश प्रधान र सदस्यहरुमा सल्बहादुर खवास, ममता राई, देउमान लिम्बु सरस्वती रजक,भरत खत्री,चन्द्रकुमारी तामाङ्ग,स्वर्णिम लिम्बू मिना लावती, पदमसुन्दर लिम्बू, टंकबहादुर आले, केदार राई,कर्ण बहादुर गुरुङ र विश्वराज खनाललाई चयन गरेको छ।

सम्मेलनमा प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्र बिक्रम बेघा रहेको उक्त कार्यक्रममा बिशिष्ठ अतिथी सामुदायिक विद्यालय व्यवस्थापन समिति केन्द्रीय सचिव काशीनाथ दंगाल, पब्लिक हाई स्कूलका प्र.अ.ईन्द्र मोहन झा, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराँतीले समेत शुभकामना मन्तव्य राखेका थिए।

सम्मेलनमा सामुदायिक विद्यालयहरु चुनौतीका रुपमा देखिरहेको, विद्यालयमा निरीक्षण गर्दा लथालिंग भवन, शौचालयको अवस्था नाजुक छ,पानी छैन, समस्यै समस्या छ यस्तो बेलामा व्यवस्थापन समितिको अध्यक्ष बनेका छौं । यो अत्यन्तै चुनौतीको बेलामा समेत सुधार गरेर जानु छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका तर्फबाट एकजना नगर शिक्षा समितिले मनोनयन गर्ने गरेको धरान उपमहानगर शिक्षामा शाखा प्रमुख गणेशप्रसाद खतिवडाले बताए ।

समग्र विद्यालय व्यवस्थापन तर्फ देखापरेका विविध समस्यालाई सहजीकरण गर्न,समय सापेक्ष अभिभावकको चाहना ,राष्ट्रको शैक्षिक उद्देश्य पूरा गर्न,सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सम्पूर्ण सामुदायिक विद्यालय अध्यक्षहरुको साझा संस्थाका रुपमा स्थापना भएको सांगठनिक प्रतिवेदनमा उल्लेख छ।

धरान नगर क्षेत्रमा २२ वटा आधारभुत विद्यालय सहित जम्मा ४९ वटा विद्यालय रहेको तथ्याङ प्रतिवेदनमा उल्लेख छ । स्वस्थ्य प्रतिष्पर्धात्मक शैक्षिक नीतिको आवश्यकता महसुस गरी नेपाल सरकारको लगानी, नीति कार्यक्रम ,अभिभावकको माग, विद्यार्थीको रुचि नेपाली समाजको आवश्यकता अनुसार सुधारोन्मुख कार्यक्रम ल्याउनुपर्ने,युगानुकूल प्राविधिक शिक्षा लागू गर्दै रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने महसुस गरिएकोछ । कार्यक्रमको सञ्चालन प्रदेश सचीव हरि कार्कीले गरेका थिए । महासंघ २०७० सालमा स्थापना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित