धरान । प्रदेश १ कोशी नाम खारेजी माग गर्दै किरात नामाकरणको माग गर्दै धरानमा साकेला सम्पन्न भएको छ ।
किरात राई यायोक्खा सुनसरीले साकेला प्रतियोगिता समेतको आयोजना गर्दै यस वर्षको साकेला उँभौलि चाड सम्पन्न गरिएको छ । यायोक्खाले धरान १७ स्थित साकेला पार्कमा कोशी नाम राखेको समेत विरोध गरिको छ । पहिचानको आधारमा किरात राज्य नामाकरण हुनुपर्ने भन्दै शनिबार व्यापक साकेला सम्पन्न भएको छ ।
यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ पाईप तान्ने स्थलबाट सिधै साकेला कार्यक्रममा पुगेका थिए । हरेक शनिवार श्रमदान सामुहिक रुपमा हुने गरिन्छ । शनिवार मेयर पाईप तान्दातान्दै कार्यक्रममा पुगेका हुन । मेयर साङ्पाङ जस्तो भेषमा पाईप ताने त्यहि भेषमा कार्यक्रममा सहभागी भए । मेयर साङ्पाङले २०८० सालको नारा धुस्रे फुस्रे,असिन पसिन राखिएको छ । शनिवारको भेष त्यहि धुस्रे फुस्रेमै पुगेका थिए । (भिडियो तस्बिर सहित)
Discussion about this post