शनिवार पाईप तान्न उर्लियो मानब सागर (फोटो / भिडियो)

 

धरान । मेयर हर्क साङ्पाङले चालिएको कोखा खोलाको पानी धरान बजारमा ल्याउने बिगत दुई महिनाको अभियान अन्तिम चरणमा पुगेको छ ।

शनिबार पनि महा अभियानमा चारैतिरबाट श्रमदानमा स्वतस्फुर्त रुपमा मानव सागर उर्लिए । शनिबार धरान भित्रको त आए नै धरान बाहिर इटहरी,इलाम,तेह्रथुम सहित युके हङकङबाट समेत पाईप तान्न श्रमदानमा आएको पाइयो । शनिबार अत्याधिक मात्रामा श्रमदान आएको पाइयो ।

यतिबेला धरान १७ स्थित पटनालिको जंगलमा पाईप तानिरहेका छ्न । कठिन भौगोलिक क्षेत्रको शनिवार अन्तिम हुने देखिन्छ । त्यसपछि भने प्राविधिकको काम र अप्ठ्यारो स्थानमा सक्षम युवाहरु परिचालन गरेर अन्तिम रुप दिने तयारीमा छ । सर्भे टोलिले जानकारी दिए अनुसार अव दुई हप्तामा कोखा खोलाको पानी धरान १६ स्थित सुम्निमा ट्यांकिमा झर्ने लक्ष्य लिएको छ । (फोटो फिचर भिडियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित