धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई पटकपटक संस्थागत तथा व्यक्तिगत रुपमा खानेपानी बोर्डको आय व्यय विवरणमा आवाज उठाएपछि हिसाब सार्वजनिक गरिएको छ ।
शुक्रबार हिसाब सार्वजनिक गर्दै पुर्व मेयर तिलक राईले उठाएको जिन्सी सहितको ७ करोड बढि नेदेखिए सार्वजनिक गरे । आफु कार्यकाल सम्हालेदेखिको अवस्थामा रहेको जिन्सि पाईप कोखा खानेपानीमा ९ लाख १४ हजार ८ सयको मुल्यांकनको प्रयोगमा ल्याएको जानकारी दिए ।
खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङले शुक्रबार पत्रकार सम्मेलनमा आफु जेठ १० गते बोर्डमा पदस्थापन हुँदा बैंकमा ४ करोड ४४ लाख ३४ हजार ३६५ रुपैया मात्र मौज्जाद रहेको जानकारी दिए । उक्त रकममध्ये १ करोड ८७ लाख १ हजार ६१९ रुपैया पहिलाको तिर्नुपर्ने रकम तिरेपछि अघिल्लो आर्थिक बर्षको २०७९ असार मसान्तसम्म २ करोड ५७ लाख ३२ हजार ७३७ रुपैया मात्र मौज्दात रहेको बताए ।
आर्थिक बर्ष २०७९ जेठ महिनामा १ करोड ३ लाख ७८ हजार ५३४ रुपैया र असारमा १ करोड १० लाख ९० हजार ११९ रुपैया आम्दानी भएको जानकारी दिए । त्यसैगरी जेठ महिनाको खर्च तर्फ १ करोड १५ लाख ७४ हजार ७२१ रुपैया भएको देखाए । सोहि वर्षको असारमा २ करोड ६९ लाख ९५ हजार २४६ रुपैया खर्च भएको जानकारी दिए ।
मेयर पद सम्हाकेको नयाँ आर्थिक बर्ष २०७९/०८० मा साउनदेखि बैशाखसम्मको आम्दानी कुल १४ करोड ४६ लाख ८२ हजार ७९० रुपैया रहेको देखाए । जसमा २०७९ जेठ असार आर्थिक बर्षको मौज्दात २ करोड ५७ लाख ३२ हजार ७३७ रुपैया रहेको देखाए । त्यसैगरी नयाँ धारा जडान शुल्क वापत १ करोड १६ लाख ६० हजार ८५९ रुपैया सहितको आम्दानी रहेको जानकारी दिए ।
पानीको महसुल कति :
मेयर पद सम्हालेदेखि खानेपानी बोर्डको महसुल उठेकोबारे जानकारी दिए । जस अनुसार धरान १७ रेल्वेमा रहेको काउन्टर, धरान १४ पिण्डेश्वर काउन्टर, १६ नम्बर सुम्निमा काउन्टर र १८ को वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित १० करोड ६६ लाख ६२ हजार ७३९ रुपैया संकलन भएको जानकारी दिए । त्यसैगरी माछापुच्छ्रे बैंकमा रहेको खाताबाट ब्याज ६ लाख २६ हजार ४५४ रुपैय भएको देखाए ।
त्यसैगरी २०७९ साल साउनदेखि बैशाखसम्म भएको खर्च अनुसार १४ करोड १० हजार २११ रुपैया भएको बताए ।
Discussion about this post