निमा पोङ्स्युवा
धरान । मेयर हर्क साङ्पाङको कोखा पानी अभियानमा बैशाख ४ गतेसम्मको आय व्यय सार्वजनिक गरेको छ ।
प्रोजेक्ट मेनेजर भनेर चिनिने दत्त लिम्बु सहितको टिमले कोखा खोलाको अभियानमा आएको सहयोग रकम जिन्सि र भएको खर्च शुक्रबार सार्वजनिक गरिएको छ । हिसाब किताबको आवाज पटकपटक उठेपछि शुक्रवार सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको विवरण अनुसार व्यक्ति संघसंस्थाबाट प्राप्त नगद ३ करोड ७७ लाख ८ हजार ५९२ रुपैया देखाएको छ । त्यसैगरी पाईप खरिद गरेर सिधै उपलब्ध गरिको १ करोड २० लाख ३८ हजार ७०४ रुपैया देखाएको छ । नगद र जिन्सी गरि एकमुष्ट सहयोग ४ करोड ९७ लाख ४७ हजार २९६ प्राप्त भएको जनाएको छ ।
त्यसैगरी खर्चतर्फ विभिन्न शिर्षकमा जम्मा ३ करोड ४६ लाख ३२ हजार ५४१ रुपैया रहेको जनाएको छ । हाल आय र व्यय गरि रहेको मौज्दात ३० लाख ७६ हजार रुपैया भएको जनाएको छ ।
त्यसैगरी कोखा खोला पानी अभियानमा खानेपानी बोर्ड यस अघि संस्थानमा रहेको मौज्दात जिन्सी पाईप लगायत ९ लाख १४ हजार आठ सय बराबरको सामग्री प्रयोग गरिएको कुरा खानेपानी बोर्डका स्टोर किपर गंगाराम भट्टराईले जानकारी दिए । त्यसैगरी खानेपानी बोर्डले प्रक्रिया पुर्याएर टेन्डर आह्वान गरि ५७ लाख ३६ हजार ३२० रुपैयाको पाईप सहितको जिन्सि सामग्री खरिद गरि कोखालाई उपलब्ध गरिदिएको बताए । यसरी व्यक्ति संघसंस्था खानेपानी बोर्ड सहितको लागतमा बैशाख ४ गतेसम्म ४ करोड ४६ लाख ३३ हजार ४३८ खर्च गरिसकेको बताए । यति खर्च गर्दा ३६ किलोमीटर ९९१ मिटर लम्बाई पाईप ६१६५ पिस पाईप लागेको बताए । अव पाँच किलोमीटर पाईप अभाव रहेको भन्दै २३ किलोमीटर पाईप सम्पुर्ण फिनिसिङ भएको कुरा स्टोर किपर भट्टराईले बताए ।
“बैशाख ४ गतेसम्म ४ करोड ४६ लाख ३३ हजार ४३८ खर्च गरिसकेको बताए । यति खर्च गर्दा ३६ किलोमीटर ९९१ मिटर लम्बाई पाईप ६१६५ पिस पाईप लागेको बताए । अव पाँच किलोमीटर पाईप अभाव रहेको भन्दै २३ किलोमीटर पाईप सम्पुर्ण फिनिसिङ भएको”
सार्वजनिक गरिएका आय व्यय :
कोखा खाने पानी श्रम अभियान आय/ व्याय कोखा खानेपानी अभियान सञ्चालन अधि मौजाद रकम मिति २०७९ / ११ / २२ अघी रु .२७,०८३२४/-
दाताहरुबाट प्राप्त संकलीत रकम
२०७९/११/२२ देखी २०७९ / १२ / १८ सम्म रु.१,२८,५९,१३२
२०७९ / १२ / १९ देखी २०५०/१/२३ सम्म = रु.१,८७,६०,३३७
२०५०/१/२४ देखी २०८०/२/४ सम्म
रु. ३३,८०,७९९
जम्मा रकम दाता + कोका श्रम अभियान अधीको रकम = रु ३,७७,०८, ५९२/-
दाताबाट प्राप्त जिन्सी पाइप रकम) = १,२०,३८, ७०४.६०/-
दाताबाट प्राप्त रकमको खर्च विवरण :
दाताबाट प्राप्त रकमबाट २०७९/११/२२ देखी २०८०/०२/४ सम्मको पाइप खरिद एक मुष्ठ २,५०,२४,५३५.७३ /-
जेनेरेटर खरिद २,३०,००० /-(चार थान। =
इन्धन खर्च = ४,६२,८१३/-
भाडा तथा ढुवानी = १८,७३,२६८/-
पानी खाजा खाना = २८,०४,५५३/-
कर्मचारी ज्याला – ११,७१,५७३/-
छपाई तथा सुरक्षा = १.९९.३८०/-
प्राथमीक उपचार = ११,६४५/-
औजार सामाग्री ३,९०,३३६ /-
सर्भे खर्च = १,६७६९२/-
मर्मत तथा सम्भार = १४८८०/-
निर्माण सामाग्री = १,७४,७७४/-
टोचन तार / भेल =२०. ८१,६७४/-
सामूहिक बिमा २५,४१८ /-
जम्मा खर्च = ३,४६,३२,५४१.७३/-
मौजात रकम रु.३,७७,०८५९२-३,४६,३२,५४१/-
रु. ३०७६,०५०.२७/-
Discussion about this post