पुर्ण सुहाङको अपहरण काण्ड वास्तविकता रहस्यमय

झापा । गत बैशाख ३१ गते राती ११:३० बजे घरमा धम्कि दिदै ढुंगामुढा गरेकोदेखि सम्पर्क बिहिन रहेको पुर्ण सुहाङ बुधबार शकुसल भेटिएको छ ।

संघीय लिम्बुवान प्रान्तीय मन्चको प्रान्तीय सदस्य र एलभि केन्द्रिय सिनियर उपकमान्डर तथा क्षेत्र ५ झापा माङतोक कमाण्डको इन्चार्ज बसन्तराज सुब्बाले जानकारी दिए अनुसार अहिले पुर्ण सुहाङलाई जिल्ला प्रशासन कार्यालय चन्द्रगढि झापामा अनुसन्धानको लागि राखिएको छ । पुर्ण सुहाङले प्रहरीलाई सूचना नदिएको भन्दै सोधपुछको लागि राखिएको बसन्तले जानकारी दिए ।

पुर्ण सुहाङलाई बिरिङ खोला नजिक सकुशल भेटिए पनि के कति कारणले सम्पर्कबिहिन भएको हो सो बारे अनुसन्धानको लागि जिल्लामा राखिएको बताए ।

यस अधि अपहरणको आरोप लागेका करण लिम्बु , नवराज लिम्बु, सुमन लिम्बु , शुक्रज लिम्बु ४ जनालाई बुद्ध शान्ति गाउँपालिका वडा नामक ४ का वडा अध्यक्ष शेरबहादुर रायको रोहबरमा छोडिएको जनाएको छ । एक जना प्रेम परियारलाई भने सोधपुछको लागि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित