रेशम चौधरीको मार्मिक शब्दको बिज्ञप्ति जेलबाट आयो

काठमाडौ । टिकापुर घटनाका आरोपी नागरिक उन्मुक्ति पार्टीका नेता समेत रगेका रेशम चौधरीको मार्मिक शब्दले भरिएको प्रेस बिज्ञप्ति आएको छ ।

डिल्लिबजार कारागारबाट हस्तलिखित बिज्ञप्ति आएको छ । सर्वोच्च अदालतले जेठ २ गते गरेको फैसलापछि रेशमको बिज्ञप्ति आएको हो । उनले अदालतप्रति अझै भरोसा राख्दै सामाजिक संजालमा केहि नलेख्न आग्रह समेत गरिएको छ । उनि मा धरातल नामक किताब लेख्दै गरेको समेत जानकारी दिदै साक्षात रुपमा भेट्ने आशा गरिएको छ ।

                       विज्ञप्ति

पार्टीका नेता कार्यकर्ता वुद्धिजीवि, मेरा समर्थक तथा दाजुभाई दिदी बहिनीहरू!

मिति २०८० जेष्ठ २गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न | टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोली पुनराओलोकनको सदा बारो हाम्रोलागि खुल्ला छ | हामी सम्मानीत अदालत वाईए सम्मान गर्छौ, साथै सम्मानीत अदालतलाई सवैले उत्तिकै सम्मान गर्नुपर्दछ । अहिले टीकापुर घटनाको फैस‌लालाई अर्नगल बनाउँ‌दै जथाभावी सामाजीक संजालमा जे पायो त्यहि पोष्ट गर्नहुन अनुरोध गर्दछु । मलाई अझै सम्मानीत सर्वोच्च न्यायालय प्रति भरोस छ । हामी अझै न्यायिक पर्खाइमा छौं। त्यसैले सबैलाई सम्मानीत सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञाधि जारी गरेको हुँ । म डिल्लीबजार कारागारमा धैर्य, सहनशिलताका साथ कैद भुलान गरिरहेको हुँ । स्वस्थ हुँ। रतिभर मन विचलित छैन । पुस्तक लेखिरहेको छु । केहिदिन-मा धरातल ” नामक पुस्तकका साथ तपाइ समक्ष साक्षात हुनेछु भन्दै विदा चाहन्छु । जय नागरिक । रेशम चौधरी, डिल्लीवजार कारणार बाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित