धरान । नागरिक उन्मुक्ति पार्टीको नेता एबम टिकापुर घटको दोषि ठहर्याई जेलमारहेका रेशम चौधरीलाई सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीद्वारा प्रेस बिज्ञप्ति जारी गर्दै जेठ ३,४,५ गते देशभर राँके जुलुस निकाल्नुपर्ने भनिएको छ । ६ गतेदेखि भने नेपाल बन्दको आह्वान गरिएको छ । बिज्ञप्तिमा भनिएको छ, – “यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन । हामी आन्दोलन गर्न विवस हुने छौं ।”
बिज्ञप्तिमा,- “२०७२ साल श्रावण महिना देखि चलेको पहिचानको (थारुहट थारुवान आन्दोलन एक राजनीतिक आन्दोलन थियो र हो पनि । नयाँ संविधान निर्माण हुँदै गर्दा नेपाल को पूर्वदेखि पश्चिम सम्म तराइको भु भागमा बसोबास गर्ने थारु जातिले चलाएको आन्दोलन पहिचानको आन्दोलन, छुटै प्रदेश र नामको आन्दोलन थियो ।”तर २०७२ साल भाद्र ७ गते टीकापुमा घटेको (९ सुरक्षा कर्मि र एक नावालक को सहादत) घटनाले त्यो आन्दोलनलाई हत्या हिंसा आपराधिक घटना बनाएको । त्यस आन्दोलनका अगुवाहरु केही २९ जना फरार, ४ जना जन्मकैद, ४ जना १० वर्ष कैद, ८ जना ५वर्ष ४ जना ३ वर्ष, १ जना ६ महिना र ६ जना सफाई सहित सजाय भोगिरहनु भएको छ ।
त्यो आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएकोले सम्मानित सर्वोच्च अदालतबाट ( न्यायालय) भन्दा राजनीतिक हिसावबाटै हल समाधान हुनु पथ्र्यो र पर्छ भन्ने धारण नागरिक उन्मुक्ति पार्टीको रहेको जनाएको छ । हिजो पञ्चायती व्यवस्थाका विरुद्ध भएका सबै दल र नेताहरुमाथि लागेका मुद्दा बहुदलिय व्यवस्थाको आगमन पछि सबै नेता कार्यकतां जेल मुक्त हुनु भयो र आज यहाहरु सत्तामा हुनुहुन्छ । सि.के. रावत होस या विप्लव सबै राजनीतिक घटना मानेर सबैलाई मुलधारको राजनीतिमा ल्याएको छ । तर २०७२ सालमा टीकापुरमा घटेको घटना किन राजनीतिक बनेन, अहिलेको सरकारले किन बनाउन चाहेन नागरिक उन्मुक्ति पार्टीको चिन्ताको विषय भएको जनाएको छ ।
Discussion about this post