मेयर हर्क साङ्पाङ असुरक्षित महसुस

धरान । दोस्रोपटकको विवाद समाधान भएर कार्यपालिका बैठक बसेको दुई दिनपछि मेयर हर्क साङ्पाङले आफुलाई असुरक्षित महसुस गरेको छ ।

मेयर हर्क साङ्पाङले सामाजिक संजाल फेसबुकमा चारैतिरबाट घेराबन्दी भएको स्टाटस लेख्दै जे पनि हुनसक्ने अवस्था देखिदैछ भनेर लेख्नुले असुरक्षित महसुस गरेको अनुमान गर्न सकिन्छ । तत्कालीन अवस्थामा मेयर र वडा अध्यक्ष बिच राजिनामा एक अर्कामा मागामाग गरेका थिए । त्यसपछि मेयर आफु सहित पुर्व जनप्रतिनिधि अनि कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्ने कुरा उठाएका थिए । यसैबीच स्वतन्त्र नागरिक,सचेत धरान लगायतका समुहले पुर्व जनप्रतिनिधि तथा कर्मचारीको सम्पत्ति छानबिन गर्न भनेर मेयर हर्क साङ्पाङ समक्ष ध्यानाकर्षणपत्र दिएका थिए । मेयर साङ्पाङले यस बिषयमा बोल्दै तेस्तो भेटिए कार्वाही हुने बताएका थिए ।

मेयर साङ्पाङले सम्पत्ति छानबिनका लागि भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा निवेदन दिएको प्रष्ट पारेका थिए । तत्कालीन अवस्थामा कार्यपालिका सदस्यसंग बेमेल हुँदा तर्साउने उद्देश्यले मात्र हो या वास्तविक छानबिन गर्नकै लागि हो भन्ने कुरा अव कार्यपालिका बैठक बसिसकेको अवस्थाले पनि देखाउनेछ । यस अघि १० नम्बरका वडा अध्यक्षलाई सोधिएको स्पष्टीकरण फिर्ता भएपछि कार्यपालिका बैठक सुचारु भएको हो । साथै वडा अध्यक्षहरुको पाँच बुँदे माग सम्बोधन गर्ने भएपछि मेलमिलापको वातावरण बनेका थिए । अव त्यो जस्तै अख्तियारमा दिएको निवेदन पनि फिर्ता गर्लान् त त्यो हेर्न बाँकि छ ।

मेयर साङ्पाङले बुधबार बिहान स्टाटस लेख्दै भनेका छन – ” मलाई चारै तिर बाट घेरा बन्दी गर्दैछन् ! सम्पत्ति छानबिनको कुरा उठाए पछि यी सब बबन्डर भइरहेको छ ! जनता जागा रहनु ! जे पनि हुन सक्ने अवस्था देखिंदैछ !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित