अपहरित पुर्ण सुहाङको अवस्था अझै अज्ञात,आरोपित चार जना प्रहरी नियन्त्रणमा

झापा । बुद्ध शान्ति गाउँपालिका वडा नम्बर ४ का पुर्ण सुहाङको अवस्था अझै अज्ञात रहेको छ । उनलाई सामाजिक संजाल फेसबुकमा भ्रष्टाचार विरुद्ध लेखेको भन्दै घरमा ४ जना आएर ढुंगामुढा गर्दै मार्ने धम्कि दिएको भनेर उनका बुवा खम्बबहादुर सुहाङले इलाका प्रहरी धुलाबारी झापामा निवेदन दिएका थिए ।

गत बैशाख ३१ गते राति ११:३० बजे चार जना आएको भन्दै बुद्ध शान्ति ४ बस्ने दिलकुमार लाबोङ (करण),नवराज लिम्बु,शुक्राज लिम्बु,सुमन लिम्बुको नाममा जाहेरी दिएका थिए । मंगलबार चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भरहेको कुरा संघीय लिम्बुवान प्रान्तीय मन्चको प्रान्तीय सदस्य र एलभि केन्द्रिय सिनियर उपकमान्डर तथा क्षेत्र ५ झापा माङतोक कमाण्डको इन्चार्ज बसन्तराज सुब्बाले जानकारी दिए । मंगलबार स्थानीय सहित सबैले खोजि गर्दा समेत पुर्ण सुहाङको अवस्था पत्ता लगाउन नसकेको बताए । हालसम्म खनिगौडा पुल नजिक चुँडिएको घडि र रातो टिसर्ट मात्र भेटिएको जानकारी दिए । पुल नजिक बेवारिसे अवस्थामा चाबि सहितको पुर्ण सुहाङले चलाउने बाईक भेटिएको कुरा उनका बुवा खम्बबहादुर सुहाङले बताए ।

धुलाबारी इलाका प्रहरी कार्यालयले निवेदन लिन नमाने भन्दै स्थानीयले दवाब दिएपछि चारजना प्रहरी नियन्त्रणमा लिएको बताए । आक्रोशित स्थानीयले तत्काल नियन्त्रण लिएर कार्वाही नगरे आफुहरुले लिने भन्दै यस्तो अवस्था जिउँदो नहुने चेतावनी दिएका थिए ।

अपहरणमा परेका पुर्ण सुहाङ

नियन्त्रणमा रहेका चारजना मध्ये एकजना नेपाली काङ्ग्रेस समर्थक र ३ जना एमाले समर्थक रहेको बुझिएको बताए । पुर्ण सुहाङ लिम्बुवान भोलिन्टियर्स कमान्डर बुद्ध शान्तिका इन्चार्ज हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)