खकारमा रगत देखिएको भन्दै चार सुई लगाउदा ज्यान गएको बारे अझै बिपि क्याम्प धरान चुपचाप, एघार बुँदे माग सहित ध्यानाकर्षणपत्र(भिडियो सहित )

 

धरान । उदयपुर जिल्ला बेलका नगरपालिकाका एक बिरामीको खकारमा रगत देखिएको भन्दै चार सुई लगाउदा ज्यान गएको बारे अझै बिपि कोईराला स्वास्थ्य बिज्ञान धरान चुपचाप बसेको भन्दै थप  दश बुँदे माग सहित ध्यानाकर्षणपत्र बुझाएको छ ।

अभियन्ता राजेश खिम्दुङ सहितको समुहले यस अघि उपरोक्त बिरामिको बारे निवेदन दिएको दुई महिना बितिसक्दा समेत कार्वाही नभएको भन्दै बिपि क्याम्पका रजिस्ट्रारलाई ध्यानाकर्षणपत्र बुझाएको हो । भिसिलाई बुझाउने योजना भए पनि भिसि अनुपस्थित भएपछि रजिस्ट्रार प्राध्यापक डा. सुर्य संग्रौलालाई बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा धरान २ निवासी किड्नीका बिरामि मुकेश अग्रवालको उपचारमा सम्बन्धित चिकित्सकले अपरेसनको समय दिएको तर समयमा पुग्दा सेलोलोजि टेस्ट नगरेको भनेर फिर्ता गराएको बताए । तर

सम्बन्धीत चिकित्सकले सेरेलोजिको कुनै जाँचपड्ताल गर्न नलेखाई दुख दिएको कुरा पनि बिरामीको बुवा र बहिनि स्वयं उपस्तिथि भै ध्यानाकर्षण गराएका थिए । धरानमा नै सम्भव हुने उपचार काठमाडौ जान भनेर थप दुख दिने नियत गरेकोको कुरा रजिस्ट्रारसमक्ष राखेका थिए ।

त्यस्तै पत्रमा मोटरसाइकल चोरी भैरहेको भन्दै सिसि क्यामेरा जडान गर्न माग गरेको छ । भित्र बिरामी कुरुवाको मोबाई पर्स चोरि हुने भएकोले त्यसको लागि समेत तत्काल सिसि क्यामेरा जडानको लागि माग गरेको छ ।
रजिस्ट्रार संग्रौलाले कतिपय कुरा यहि समाधान गर्न सकिने माग भएको तथा कतिपय मन्त्रालयमा माग गर्नुपर्ने खालको रहेको बताए ।

ध्यानाकर्षण पत्रका ११ बुँदाहरु:

१. बेलाका नगरपालिका निवासी मदन राईलाई खकारमा रगत देखिएको हुनाले चेक जांच गराउन ल्याउँदा वि.पि. हाइ भन्दै ४ वटा इन्जेक्सन लगाई बेहोस भई मृत्यु भएको हुँदा डाक्टर र नर्सलाई कडा भन्दा कडा कारवाही होस र क्षतिपूर्तिको माग गर्दछौं ।
२. वि.पि. कोइराला हस्पिटलमा ५०% उपचार खर्च कम गरियोस् ।

३. सवारी साधनहरु हस्पिटल क्षेत्रबाट हराइरहेको हुँदा हरेक पार्किड क्षेत्रमा सि.सि. क्यामेरा जडान गरियोस् ।

४ कुरुवाहरुको सामान, मोबाइल र पर्सहरुसम्म हराइरहेको हुँदा हरेक ठाउँमा सि.सि. क्यामेरा राखी सुरक्षा गरियोस् त्यस्ता चोरहरुलाई कडा काबाही गरियोस् ।

५. हस्पिटल क्षेत्रमा मच्छरहर धेरै भएकोले समय समयमा दबाई छर्केर यसको अन्त गरियोस्

६. हरेक वार्डहरुमा पिउने पानीको फिल्टर, एक्वागार्ड राखेर बिरामीहरुलाई तातो पानीको लागि इलेक्ट्रीक सिस्टमको व्यवस्था गरियोस् ।

७. इमर्जेन्सिमा ३० मिनेट भित्रमा सम्बन्धित डाक्टरहरु उपस्थित गराइयोस् ।

८. बिरामीहरुलाई राम्रो व्यवहार नगर्ने डाक्टर र नर्सहरुलाई कडा कार्बाही गरियोस् । नर्सहरुलाई धेरै इयुटी नलगाइयोस् । आवश्यकता अनुसार बिरामीहरु हेर्ने नर्सहरुको कमि नहोस् ।

९. यो मेडिकल पसलबाट दबाई किनेरले भन्ने डाक्टरहरुलाई कडा कार्वाही गरियोस् ।

१० तोकिएको समयमा अपरेशन गरियोस्, पटक पटक सार्ने र दुःख दिने काम नगरियोस्।

११. इमर्जेन्सिमा ल्याएको सिकिस्त बिरामीहरुलाई आई सि य वा भेन्टिलेरमा राखेर उपचार गरियोस् । बिराटनगर पठाउने काम नगरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित