भ्रष्टाचारको विरोध गर्दा युवा अपहरणमा

झापा । बुद्धशान्ति गाउँपालिका निवासी पुर्ण सुहाङ भ्रष्टाचार विरुद्ध र्‍यालिको समर्थन र फेसबुकमा स्टाटस लेखेको भरमा अपहरण गरेको भन्दै ईलाका प्रहरी कार्यालय धुलाबारी झापामा निवेदन दिएको छ ।

पुर्ण सुहाङका बुवा खम्बबहादुर सुहाङले जेठ १ गते ज्यानको खोजि गरिपाँउ भनि ईलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएको छ । निवेदनमा छोराले फेसबुकमा स्टाटस लेखेको विषयमा बैशाख ३१ गते राति १०:३० बजे बुद्ध शान्ति ४ बस्ने दिलकुमार लाबोङ (करण),नवराज लिम्बु,शुक्राज लिम्बु,सुमन लिम्बु लगायत ८/९ जनाले घरमा आई छोरा सोधिखोजि गर्दै मार्छौ भनेको उल्लेख छ ।

घरमा ढुंगामुढा समेत गरेको आरोप लगाउदै सोहि समयमा छोरा पुर्ण घर बाहिर बुद्ध शान्ति निवासी कुलबहादुर गुरुङसंग रहेको उल्लेख छ । उनको छोराको मोटरसाइकल भने चाबि सहित बेवारिसे अवस्थामा खनिगौडा झोलुङ्गे पुल नजिक भेटिएको उल्लेख छ । निवेदनमा छोरा मारिएको शंका गर्दै ज्यान खोजिको निवेदन दिएको उल्लेख छ ।

यस विषयमा उनका बुवासंग फोनमा बुझ्दा टिसर्ट र घडि भेटिएको जानकारी दिए । उक्त स्थानमा लछारपछार गरिएको कोतरिएको देखिए पनि लाश नभेटिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित