प्रेस स्वतन्त्रता हनन विरुद्ध मौन जुलुस

नविन रम्तेल
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग र उनका समर्थकहरुद्वारा प्रेस स्वतन्त्रतामाथी भएको प्रहारका बिरुद्ध मौन जुलुसको आयोजना गरेको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीले गरेको चरणबद्ध आन्दोलनको सोमबार चौथो दिन धरानको भानुचोकबाट धरान उपमहानगरपालिकाको कार्यालयको गेटसम्म पुगेर कार्यक्रम समापन गरिएको थियो । पत्रकारहरुको बोल्न र लेख्न पाउने अधिकारको मेयर साम्पाङ्ग र उनका समर्थकहरुद्वारा बारम्बार अभिव्यक्तिद्वारा भएको आक्रमणको भत्सर्ना गर्दै आज चौथो चरणको मौन जुलुसको आयोजना सम्पन्न भएको कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईले बताए।उनले भोलिको कार्यक्रम पूर्व मेयर र जनप्रतिनिधिहरुसँग अन्तर्कृया गरिने समेत जानकारी दिए।

प्रेस दोहोरो पक्ष हो प्रेसले सोध्ने बित्तिकै आत्तिनु पर्ने,पत्रकार सँग तर्सिनु पर्ने केहि छैन,प्रेस पनि सभ्य भएर र नगर नेतृत्व पनि सभ्य भएर सहकार्य गरि बढ्नु पर्ने उक्त कार्यक्रममा राजनीतिक दलका तर्फबाट बोल्दै नेपाली कांग्रेस धरान नगर अध्यक्ष श्याम पोखरेलले बताए ।

मौन जुलुसमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु,सुनसरीका अग्रज पत्रकारहरु, राजनीतिक दलका नेताहरु लगायत जनप्रतिनिधिहरुको समेत उपस्थिति थियो।

नेपाल पत्रकार महासंघले  मेयर साम्पाङ्ग समक्ष प्रेस बिज्ञप्ति हस्तान्तरण गरि शुरु भएको आन्दोलन त्यस्को तिन दिनको समय सीमा समाप्त भै सकेपछि चित्तबुझ्दो जवाफ नआईसकेपश्चात् महासंघका सम्पूर्ण सदस्य,साधारण सदस्यहरुको फेसबुक वालमा कालो पृष्ठभूमिमा सेतो अक्षरले एकै खाले स्टाटस पोष्ट राखेर बिरोध जनाउदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित