धरान । बिगत दुई महिनासम्म एक आपसमा राजिनामा मागामागसम्म पुगेको धरान उपमहानगरपालिकाको बैठक आइतबार बसेको छ ।
बैठक बस्न नसकेको अवस्थामा महत्त्वपूर्ण निर्णयसंगै आगामी आर्थिक वर्षको बजेट निर्माणमा समेत असर पर्ने देखिएका थिए । आइतबारको कार्यपालिका बैठक कार्यपालिका सदस्यहरुको पाँच बुदे माग मेयर हर्क साङ्पाङबाट संबोधन गर्ने भएपछि बसिएको हो । आइतबार बसेको बैठकले शिक्षा समिति गठन गरेको छ । त्यसैगरी खोलाको गिटि बालुवाको विषयमा छलफल भएको थियो । धरानका खोलाबाट गिटि आन्तरिक प्रयोजनका लागि मात्र निकाल्ने निर्णय भएको छ । तर बाह्य बिक्री प्रयोजनका लागि भने ठेक्का नलगाउने कार्यपालिका बैठकले निर्णय गरिएको छ ।
धेरै समयपछि बसेको बैठकमा वडा अध्यक्षहरुले खानेपानी समस्या, गाडि दुर्घटना,सिमा विवाद,बाँदर आतंक, लगायतको विषयमा आवाज उठाएका थिए । वडा नम्बर १९ का वडा अध्यक्ष पुर्ण लिम्बुले आगामी बैठकबाट पत्रकार युटुबर प्रवेश नगराई बैठक सम्पन्नपछि प्रवक्ता मार्फत जानकारी दिने प्रणाली गर्न प्रस्ताव गरे । बैठकको अन्त्यमा मेयर हर्क साङ्पाङले उठेको प्रश्नको जवाफ दिदै तत्काल हुने सम्भावित काम सोमबारदेखि नै गरीने बताए । बैठकमा पत्रकार प्रवेशको विषयमा मेयर साङ्पाङले आफुलाई पत्रकार महासंघले पुर्व महासंघ अध्यक्षको विषयलाई लिएर कुरा उठाईरहेको बताएउदै कि शुरूवातबाट प्रवेश दिन हुदैनथ्यो प्रवेश अव रोक्न नमिल्ने भन्दै सबैलाई प्रवेश गर्न दिनुपर्ने बताए ।
Discussion about this post