बराह सहकारीको आठ कित्ता जग्गा फुकुवा,मेयर भन्छ आइतबार कार्यपालिका बैठक बस्छ(भिडियो सहित)

 

निमा पोङ्स्युवा

धरान । निक्षेपकर्ताको वचत अवधि पुगेर भुक्तानी नदिएको लामो समयपछि बराह सहकारी संस्था अन्ततः डुबेको निष्कर्षमा पुगेका थिए । करिब १४ डुबेको बराहको हालको मौज्दात १७ लाख मात्र रहेको संचालक मानबहादुर दियालिले शुक्रबार धरान उपमहानगरपालिकामा बताए ।

यस अघि सहकारीको नाममा रहेको जग्गा सबै नगरपालिकामार्फत रोक्का गर्न संघर्ष समितिले माग गरेपछि रोकिएका थिए । रोक्का गरेका मध्ये ८ कित्ता जग्गा फुकुवाको लागि भनेर मेयर हर्क साङ्पाङ समक्ष संघर्ष समितिले निवेदन गरेका थिए । यस विषयलाई बराह पीडित सबैलाई मेयर साङ्पाङले नगरपालिका परिसरमा बोलाएका थिए । जग्गा फुकुवाको लागि निवेदन आएको भन्दै पीडित पक्षलाई सार्वजनिक जानकारी मेयरले गरेका हुन । मेयर जग्गा फुकुवा किन केका केका लागि भन्दै प्रष्ट पार्न बताए । बराह पुनः संचालन गर्ने र किचन समेत संचालन गर्ने प्रस्ताव आएकोमा केकसरी संचालन गर्ने जुन संघर्ष समितिमा सिमित नरही आम रुपमा भेलापछि छलफल गरेर अगाडि बढ्न सुझाब दिए ।

मेयरले सरकार सँधै पिडितको पक्षमा रहने बताए । उनले संविधानमा सहकारीको अधिकार लेखिएको हुनाले यस विषयमा चासो दिएको बताए । उनले संघर्ष समिति कानुनी सल्लाहकारले चेक बाउन्सको समेत मुद्दा रहेकोले फुकुवा जग्गाबाट दिने होकि भनेर प्रश्न गरे ।

बराह पीडित संघर्ष समिति तथा कानुनी सल्लाहकारले २३ जनाले बाउन्स चेकमा मुद्दा लगाएको बताए । तर रोक्का गरिएको जग्गा मध्येबाट चेक सम्बन्धि मुद्दा परेका बाहेक मात्र ८ कित्ता जग्गा फुकुवाको माग गरे । हाल प्राईम बैकमा २२ करोड ब्याज तिरेमा लिलाम हुन लागेकोबाट बच्न सकिने बताए । लिलाम हुँदा थप पिडित घाटा हुने भन्दै ३५ दिने १५ दिने सूचना जारी भएकोले त्यसबाट बचाउन जग्गा फुकुवा माग गरेको कुरा संघर्ष समितिले बताए ।

कार्यपालिका वैठक आइतबार बसिने

यसैबिच मेयर हर्क साङ्पाङ्ले अव कार्यपालिका बैठक पनि आगामी आइतबार बस्ने बताए । सबै कुरा मिलिसकेको जानकारी दिदै नयाँ सालबाट राम्रो काम होस भन्दै कामना गरे ।

श्रोतका अनुसार वडा नम्बर १७ को काण्डमा पक्राउ परेका ३ जना रिहाई गरिने र यस अघिका तिता कुरा समझदारी भै अगाडि बढिने सहमति भएको स्रोतले बताए ।

सप्तरंगि पार्क बहुसांस्कृतिक पार्क बनाउने विषयमा पटकपटक कार्यपालिका बैठक स्थगित भएका थिए । उक्त विषय समाधान भएपछि मेयरका स्वकीय सचिबबाट पत्राचार गरिएको विषयले भने राजिनामा मागामागसम्मको स्थितिमा पुर्‍याएका थिए ।

मेयरसंग चिसेफायुले लिएको एक अन्तर्वार्तामा सहमति नजिक पुगेका बताएको केहि दिनमा वडा नम्बर १७ मा भएको काण्डले भने एकाएक सम्बन्ध चिसिएको छ । मेयरले गुँइठे भनेको र मेयरलाई धकुले नाम दिदै विवाद चरम अवस्थामा पुगेका थिए । आर्थिक वर्षको अन्तिम समय र नयाँ बजेट निर्माणका चरणमा पुग्दा कार्यपालिका बैठक नबसेपछि भने एकपछि अर्को समस्या पर्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित