चालकको पुनर्बहाली माग रात्रि सेवाको विषय लिएर मजदुर संगठन मेयर समक्ष पुगे

धरान । करिब एक महिना अघि धरान उपमहानगरपालिकाको गाडि बराहक्षेत्रमा भएको दुर्घटना र चालक निकालिएको विषयलाई लिएर मजदुर संगठन मेयर हर्क साङ्पाङ समक्ष पुगेको छ ।

चालक तेजकुमार राईलाई पुनर्वहालि माग गर्दै नेपाल स्वतन्त्र यातायात मज्दुर संगठन,अखिल नेपाल यातायात मज्दुर संघ र नेपाल यातायात मजदुर संघ संयुक्त रुपमा मेयर समक्ष पुगेका थिए । चालक तेज राईले संघमा निवेदन दिएको भन्दै मेयर समक्ष पुनर्बहालीको माग गर्दै आएको बताए । निवेदन अनुसार चालक तेज कुमार राईलाई मिति (२०७३/०७/१९ गते नगर प्रमुख स्तरीय अनुसार मिति २०७७/०७ महिना देखि एम्बुलेन्स चालकको रुपमा नियुक्ति गरिएको भनिएको छ । चालकलाई २०८०/०१/०४ गतेको दिन एकतर्फी रुपमा करार भंग गरि कामबाट निकालिएको भन्ने निवेदनका साथ करार सम्झौताको प्रतिलिपि सहितका कागज पत्र पेश गरेको हुदा सो कागजमा चालकलाई कुनै बिना स्पस्टीकरण वा सचेत नगराएको हुँदा श्रम ऐन अनुसार कम्तिमा पनि १ महिना अगाडी सुचना प्रकाशन गरि मात्र जो कोहीलाई कामबाट निकाल्न मिल्ने भएकोले नियम बिपरित चालकलाई कामबाट निकालिएकोले संघ संगठन घोर आपति गर्दछ भनिएको छ । अन्यथा सो मजदुरलाई रोजीरोटीबाट बन्चित गरिएमा श्रम नियम अनुसार हाम्रो मजदुर संघ सङ्गठहरु आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

चालकले लापरबाही गरेको भन्दै चैत २३ गते दुर्घटना भएको थियो ।

सोहि अवसरमा रात्री बसलाई लोकतान्त्रिक चौतारी भानुचोकमा १० मिनेट स्ट्यान्ड लगाई सेवा दिने बिषयमा बारामबार ध्यानाकर्षण गराउदा आश्वासन मात्र दिएको गुनासो गरिएको छ । सात दिने अल्टिमेटम दिदै सेवा दिनको लागि माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित