धरान । नेकपा माओवादी धरान नगर अध्यक्ष एबम धरान १७ का वडा अध्यक्ष मनोज भट्टराईको कारण उपमेयर आईन्द्र बेघा तनाबमा रहेको जनाएको छ ।
बुधबार नगरबस संचालन अभियानका सुधिर राई सहितको समुहले वडा अध्यक्ष मनोज भट्टराईलाई ज्ञापनपत्र बुझाउदै प्रवक्ता समेत रहेकाले सुध्रिन आग्रह गरेको छ । सुधिर राईले सामाजिक संजाल फेसबुकमा ज्ञापनपत्र र फोटो समेत पोस्ट गरिएको छ ।
ज्ञापनपत्रमा – ” धरान १७ वडा अध्यक्ष मजोज भटराइ ज्यु तपाईं स्थानीय सरकार प्रबक्ता तथा जनप्रतिनीधि भएको नाताले स्थानीय बासिन्दाहरुको चाहना ,भावना ,कदर गर्दै , स्थानीय समस्या र चुनौतीहरु छलफल बार्ता टेबुलबाट समस्याहरुको समाधान गर्न तीर लाग्नुपर्छ ।” मेयर र वडा अध्यक्षहरु बीचमा भैरहेको जुन तगारो दुबैतर्फबाट समाधान तत्काल गर्ने वातावरण निर्माण हुन सकेन भने पार्टी प्रतीको आस्थाहरु धरानमा तसहनस हुनेछ चेतावनी दिएको छ ।
माओवादी धरानमा बिलयको बाटोमा लम्किसकेको भन्दै पहिचान मुद्दाहरूमा माओवादी पार्टीले प्रदेश १ मा हात झिक्दा धेरै जनजाती आदिवासी माओवादी समर्थकहरुले पार्टी प्रती लगाबबाट टाढा भैरहेको अवस्था भएको जनाएको छ । ज्ञापनपत्रमा तपाईं जस्तो जनप्रतिनीधिको कारण पार्टी नै सकिन स्थानीय स्तरमा सकिन्न भन्नु सकिन्न भनिएको छ ।
जनता हिजोआज ढाटन ,छल्न सकिने जमना हैन यो स्थानीय निर्वाचन मेयर हर्क साङ्पाङ ज्यु बिजय धरान , बालेन शाह ज्यु काठमाडौं बिजय, चितवन उपनिर्वाचन भारीमतले रबी लामिछाने ज्यु बिजयहरुले स्पष्ट पारिसकेको जगजाहेर नै छ भनिएको छ ।राम्रोलाई राम्रो भन्नु सक्नुपर्छ नराम्रोलाई नराम्रो भन्नु सक्नुपर्छ भन्दै मेयर ज्युलाइ उपमेयर ज्युले हरेक पल बिकाश निर्माणकार्यमा सहयोग गर्नु सहारनिय छ भनिएको छ । तर हिजोआज तपाईंहरुको कारण उपज्यु तनावमा तानिनु दु:खद भनिएको छ ।
धरानको इतिहास कोर्नु छ सम्पुर्ण जनप्रतिनीधिहरु मिलेर अगाडी बढ्न आग्रह गर्दै यही हदसम्म रहिरह्यो भने मानवीय क्षती र भवितव्यं जिम्मेवारी कसले लिने भनिएको छ । ज्ञापनपत्रमा मुद्दा जेल धाउने हो भने किन चाहियो जनप्रतिनीधि भनिएको छ । त्यसैगरी वडाले पक्राउ गर्न लगाएका पक्राउ परेको तीन भाइ बिना सर्त रिहाई गरी समस्या समाधानको बाटो रोज्न भनिएक्क छ ।
त्यसैगरी धरान उपमहानगर भित्रमा नगर बस यातायात संचालनको लागी माग ज्ञापनपत्र स्थानीय सरकारमा बहस र छलफलमा समाबेश सम्पुर्ण जनप्रतिनीहरुको बीच गर्न ,मेयर हर्क साङ्पाङ ज्यु तत्काल बाताबरण समस्या समाधानमा पहल गरियोस भनिएको छ ।
Discussion about this post