धरान । सामाजिक संजालमा स्टाटस वार हुदै आएको धरान सोमबारको घटनाले भने ईलाका प्रहरी कार्यालय धरानमा नै पुर्याएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर १७ मा टोल बिकास संस्था सहितको बैठकमा हुलहुज्जत त अभद्र व्यावहार गरेको आरोपमा ईलाका प्रहरी कार्यालयमा ३ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । विष्टले वडा १७ का ३५ बर्षीय ललित राई, २४ बर्षीय लाक्पा तेञ्जी शेर्पा र ६५ बर्षीय गोविन्द बहादुर श्रेष्ठविरुद्ध जाहेरी दिएका छन् । मंगलबार दुबै पक्षबाट इलाका प्रहरी कार्यालय धरानमा बोलाए पनि वडा १७ ले मुद्दा फिर्ता नलिएपछि म्याद थप हुने भएको छ ।
यस विषयमा दोषिलाई कार्वाही हुनुपर्ने भन्दै धरानका जनप्रतिनिधिहरुले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गरिएको छ । यस विषयमा मेयर हर्क साङ्पाङसंग बुझ्दा वडा अध्यक्ष मनोज भट्टराईसंग फोनमा कुरा भएको बताए । मेयर साङ्पाङले वडाको मतदाताले भिडियोमा आफुले कुटेको भनिरहेको भन्दै जस्ले कुटाई खाए उसैलाई पक्राउ गर्ने कस्तो खालको लोकतन्त्र भएको भन्दै प्रश्न गरे ।
मेयरले आफ्नो कार्यकक्षमा कसैलाई पनि भिडियो नगर्न नभने भन्दै भिडियो गरी बजेटको बारे बुझ्न पाउने बताए । वडा नम्बर १७ को काण्डसंग आफुलाई समेत सम्बन्धित बिना मुछिएको बताए । वडा नम्बर १७ संग आफ्नो कुनै सम्बन्ध नभएको बताए । आफ्नो समर्थक वडा मात्र नभै देश विदेशमा रहेको भन्दै समर्थक हुँदैमा मुछिन नहुने बताए ।
मंगलबार ईलाका प्रहरी कार्यालय परिसरमा महिला दिदि बहिनिमाथि दुव्र्यवहार भएको बताए । त्यसैगरी मिडिया तथा पत्रकारमाथि समेत हातपात र दुव्र्यवहार भएको बताए । पत्रकार तथा मिडियालाई हातपात गर्ने प्रति कार्वाही अगाडि बढाउने बताए । नेपाल पत्रकार महासंघ आफु प्रति रुष्ट भएको बताए । तर महासंघको काम मंगलबार पत्रकारमाथि भएको हातपात भएकोमा हुने बताए ।
ईलाका प्रहरी कार्यालय परिसरमा पत्रकारलाई कुन पत्रकार हो क्यामरा बोक्ने हर्क साङ्पाङको झोले हो भन्दै गालिगलौज गरेका थिए । त्यसैगरी स्वतन्त्र ग्रुप डट कमका अध्यक्ष पत्रकार सत्या गुरुङमाथि ईलाका परिसरमा हातपात गरिएको थियो । उनको क्यामेरा पनि खोसिएको छ ।
वडा नम्बर १७ मा वडाबासि र ४१ टोल बिकास संस्थाले तीन दिने अल्टिमेटम सहितको ध्यानाकर्षणपत्र बुझाएका थिए । उक्त समयमा वडा अध्यक्ष मनोज भट्टराई अनुपस्थित थिए । टोल विकास संस्था सहितको बैठक भैरहेको समयमा हुलहुज्ज गरेको भन्दै तिन जनाको विरुद्ध किटानि जाहेरी दिएपछि पक्राउ भएका हुन ।
Discussion about this post