काठमाडौ । एसईई परिक्षाको कारण सुस्ताएको कोशी नाम खारेजी आन्दोलन बैशाख २६ गतेदेखि राँके जूलूस गर्दै पुनः आन्दोलनको घोषणा गरिएको छ ।
काठमाडौमा केन्द्रिय नेताहरुको सोमबार बसेको बैठकले २६ गतेदेखि आन्दोलनको खाका पत्रकार सम्मेलन गरेर घोषणा गरिएको हो । कोशी नाम खारेजीको दोस्रो चरणको आन्दोलन भन्दै स्थानीय तहमा छाप जलाउने,साईनबोर्ड च्यात्ने भत्काउने सहितको तिब्र बिरोधको कार्यक्रम गरेका थिए ।
प्रदेश नं. १ को नाम छापामार शैलीमा एकल शासक जातीय, नश्लीय एवम् गोत्रीय ‘कोशी’ राखिएपछि हामी सङ्घर्षको मैदानमा छौं भनिएको छ । २६ गतेदेखि थालिने आन्दोलन आगामी प्रदेश अधिवेशनलाई समेत लक्षित गर्दै घोषणा गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्तिमा शान्तिपूर्ण रूपमा आन्दोलनकारीहरूले आफ्नो विरोधको आवाज राख्दा उनीहरूलाई आतङ्ककारी लगायतका झुटा आरोप लगाउने र प्रहरी दमन गर्ने केपि ओली आफैले गरेको जनाएको छ । त्यो कुरालाई समर्थन पुग्ने गरी सङ्घीय संसदमा कुरा उठ्नुले उनको त्यो भ्रमण आन्दोलनलाई उत्तेजित पारेर द्वन्द्व सृजना गर्ने उद्देश्यका साथ जानीजानी निहुँ खोज्न कै लागि भएको ठहर सङ्घर्ष समितिको उल्लेख छ।
८२ सांसदमध्ये ४० सांसदका पार्टी अध्यक्षले यो आन्दोलनलाई लगाएको यो आतङ्ककारी, अपराधी लगायतका आरोप प्रति समितिको गम्भीर ध्यानाकर्षण हुनका साथै यसको घोर भर्त्सना र विरोध गरेको छ । साथै एमाले अध्यक्ष ओलीले यो शब्द तुरुन्त फिर्ता लिई सार्वजनिक माफी माग्नु पर्ने उल्लेख छ ।
यस्ता छ्न घोषित आन्दोलनका कार्यक्रमहरु :
१. ‘कोशी’ नाममा हस्ताक्षर गर्ने सांसद र उनीहरूलाई आदेश दिने दलका नाइके विरुद्ध विरोध जारी रहेको भूमिमा बहिष्कार र विरोधलाई अझ सशक्त बनाउनको लागि २०८० वैशाख २६ गते झापाको दमकमा साङ्केतिक राँके जलुस प्रदर्शन गर्ने ।
२.२०८० वैशाख २८ बाट २ सांसद र उनीहरूका दलीय शीर्ष नेता हिंड्ने बाटो, बस्ने होटल, खाने स्थान, उत्तीहरू सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरूमा विरोधका कार्यक्रम गर्ने र यसका लागि होटलमा बस्न र कार्यक्रम गर्न हल नदिन सम्बन्धित पक्षहरूलाई अनुरोध पत्र दिने ।
३.२०८० वैशाख २८ बाट ‘कोशी’ नाम खारेजी जागरण अभियान अन्तर्गत जिल्ला आमसभा, सङ्घर्ष समिति विस्तार, तालाबन्दी, ‘कोशी’ नाम हटाउने, जसाउने, भेट्ने, कालो झण्डा रोप्ने, ८२ सांसद बहिष्कार कार्यक्रम जारी एवम् तीव्रता दिने ।
४. २०८० जेठ २ देखि ५ गतेसम्म प्रदेश १ को १४ वटै जिल्लाका मुख्य स्थानहरूमा सङ्घर्ष समितिका केन्द्रीय नेताहरूको सहभागितामा प्रदेश नाम कोशी’ खारेजी गर्न जनजागरण अभियानलाई तीव्रता दिने ।
५. आगामी जेठ दोस्रो हप्ताको प्रारम्भमा सङ्घर्ष समितिका केन्द्र जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पक्तिको बृहत् भेला आयोजना गर्ने ।
६. प्रदेशको नाम ‘कोशी’ खारेजीको आन्दोलनलाई व्यवस्थित गर्न पहिचानको लागि युवा शक्ति निर्माणमा तीव्रता दिने ।
७. निकट भविष्यमा हुने प्रदेश सभा अधिवेशन केन्द्रित विशाल जनप्रदर्शनको व्यापक तयारी गर्ने ।
Discussion about this post