धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले तत्कालीन मेयर तिलक राईको पालामा खानेपानीमा भएको पैसा लेखाले ३ करोड भएको भन्दै चार करोड कता गयो भनेर प्रति प्रश्न गरे ।
विश्व प्रेस स्वतन्त्रता दिवसको दिन नेपाल पत्रकार महासंघ सुन्सरीका पुर्व अध्यक्ष केशब घिमिरेले खानेपानीमा तिलक राईको पालामा ७ करोड रहेको भन्दै हिसाब खोजेका थिए । त्यही विषयलाई उठान गर्दै मेयर साङ्पाङले आफ्नो कार्यकाल शुरु हुँदा तिन करोड रहेको लेखालाई उदृद गर्दै बताए । उक्त कुरा नेपाल पत्रकार महासंघ सुनसरीले प्रेसमाथि धरानका मेयर हर्क साङ्पाङको धारणा माग गर्दै तिनदिने अल्टिमेटमको अवसरमा बताएको हो ।
केशब घिमिरेकै भनाइले उपमहानगरपालिकामा घुस बिना काम नगर्ने भन्ने अभिव्यक्ति प्रति ध्यानाकर्षण गर्दै कहाँ कुन शाखामा भएको त्यसको प्रमाण माग गर्दै तत्काल निलम्बन गरेर कार्वाही गर्ने बताए । नेपाल पत्रकार महासंघ सुनसरीले तीनदिन भित्र मागिएको जवाफमा मेयर साङ्पाङले दुई दिन भित्र दिने प्रतिबद्धता जनाए ।
महासंघका अध्यक्ष जनक ऋषि राईले पत्रकारलाई अगाडिदेखि नै झोले जस्ता शब्द प्रयोग गरेर अपमानित गरेको बताए । पछिल्लो समयमा कार्यपालिका बैठकमा पत्रकारलाई कुन पार्टी भनेर प्रश्न गरेपछि थप पत्रकारहरु मेयर साङ्पाङको व्यावहारप्रति शंसंकित भएको बताए । संबैधानिक व्यावस्थामा नै बहुदलीय स्वीकार गरेपछि पत्रकार कुनै सिद्धान्तमा आस्था राख्न सक्ने कुरा अध्यक्ष जनक ऋषिले बताए । मेयर हर्क साङ्पाङले केहि मिडियाले खेदो गरेको तर राम्रो काम नलेखेको भन्ने आरोप लागेको विषयमा अध्यक्ष राईले मेयरको राम्रो काम लेखेको दाबि गरे । उनले अहिले लेखनवृत्ति (फेलोसिप)मा समेत मेयरको राम्रो कामको विषय लेखिरहेको दाबि गर्दै त्यो पनि मेयरको राम्रो कामको लेखिएको बताए ।
Discussion about this post