धरान । धरान उपमहानगरपालिका १७ नम्बर वडाका अध्यक्षलाई वडाबासि र ४१ टोल बिकास संस्थाले अत्यावश्यक विकास निर्माणका कार्यहरु रोकिन गएको भन्दै तिन दिने भित्र जवाफ माग गरेको छ । चित्तबुझ्दो जवाफ नदिए तीन दिनपछि वडा कार्यालय तालाबन्दी गर्ने चेतावनी दिएको छ ।
आइतबार वडाबासि र ४१ टोल विकास संस्थाका प्रतिनिधिले वडा कार्यालयमा पुगेर ध्यानाकर्षणपत्र बुझाएको थियो । ध्यानाकर्षणपत्रमा हाम्रो १७ नं. वडा भित्र बसोबास गर्ने जनताको चाहना र भावना समेट्नेछु भनि तपाईलाई चुनावमा जिताएका भनिएको छ । हाम्रो सरोकार भनेको वडा नं. १७ हो, त्यसको नेतृत्व तपाई हो भनिएको छ । ४१ टोलका जनताहरुको चाहना र भावना ठेस पुराएको आरोप छ ।
मेयर र वडा अध्यक्ष के कारणले बेमेल भयो थाहा नभएको भन्दै सिफारिस लिएर उपमहानगरपालिका जाँदा उपमहानगरपालिकाले भन्छ, ‘बडाको अध्यक्षलाई उपमहानगरपालिकामा पठाई दिनु’ भनि फर्काई दिने गरेको गुनासो छ । ज्ञापनपत्रमा भनिएको छ -“त्यसैले वडाको समग्र विकासका लागि तपाई समक्ष यो विनंम्र अनुरोधका साथ निवेदन पेश गरेका छौ ।” छिटो भन्दा छिटो उपमहानगरपालिकामा गई १७ नं. वडाको बजेट पास गर्न गराउन कार्य गर्नु भन्दै त्यसका लागि हामी वडावासीलाई तपाईले ३ दिन भित्रमा जानकारी गराई पाऊँ भनि हार्दिक अनुरोध गर्दछौं उल्लेख छ ।
ज्ञापनपत्र बुझाउने समयमा भने वडा अध्यक्ष मनोज भट्टराई अनुपस्थित थिए । कार्यवाहकले भने कता छ थाहा नभएको भन्दै बुझ्नलाई नम्बरमा नै कल गर्न सुझाएका थिए ।
Discussion about this post