मिस्टर एन्ड मिस प्रोभिन्स किड्स 2023 को ट्यालेन्ट राउन्ड सकियो

धरान । ड्रीम्स एम प्रोडकसनको आयोजनामा धरानमा भैरहेको मिस्टर एण्ड मिस प्रोभिन्स किड्स 2023 को ट्यालेन्ट राउन्ड सकिएको छ ।

ट्यालेन्ट राउन्ड शुक्रवार धरानको छथरे समाजको भवनमा सम्पन्न भएको कुरा आयोजक ड्रीम्स एम प्रोडकसनका कार्यक्रम निर्देशक मेरिना तुम्सा लिम्बूले जानकारी दिए । टयालेन्ट राउन्डमा प्रतियोगीहरुले नृत्य,गायन र कबिता वाचन गरेका थिए ।

मिस प्रोभिन्स तर्फ ५ बर्ष देखि माथी १५ बर्ष मुनिको १४ जना र मिस्टर प्रोभिन्स तर्फ ६ जनालाई व्यक्तित्व विकास, हिड्ने कला ,बोल्ने कला , प्रश्न उत्तर, आत्मविश्वास सम्बन्धि तालिम बरिष्ठ कोरियोग्राफर मिस नेपाल आईडल मेरिना तुम्सा र मिस स्टेट श्वेता भुजेलले गरिरहेका छन !

ट्यालेन्ट राउन्डको निर्णायकमा मिसेस प्रोभिन्स आईडल रनर अप सुश्मिता ताम्राकार , मिस्टर पुर्वान्चल ईन्टरनेसनल रनर अप रिकेश क्षेत्री , मिस स्टेट-१ 2018 फाईनलिष्ट साथै मिस ट्यालेन्ट बिजेता / मेकअप आर्टिस्ट र ग्लोबल डान्स बिजेता झापाका पृतम सम्बाहाम्फेले गरेका थिए ।

आगामी जेठको ६ गते शनिबार धरानको चुम्लुङ्ग भवनमा २० प्रतियोगिको अन्तिम प्रतिष्पर्धा हुनेछ प्रोभिन्स किड्स २०२३ को बिजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी क्रमस फस्ट रनर अप लाई १५ हजार , सेकेन्ड रनर अप लाई १० हजार क्राउन ट्रफी सर्टिफिकेट दिइनेछ । त्यसैगरी अन्य १६ बिधाको सब टाईटलको उपाधि समेत घोषित गरिने कार्यक्रमको संयोजक कैलाश मोक्तानले जानकारी दिएको छ । कार्यक्रमको उद्द्घोषण मिस स्टेट विजेता रजनी तुम्साले गरेकी थिईन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित