देउसी खेलेको रकमबाट   १९ वटा क्यामेरा जडान       

नवीन रम्तेल
धरान । २५६७ बुद्धजयन्तीको अवसर पारेर धरान-१५ मा रहेको नौलो पथ टोल बिकास संस्थालेदेउसी खेलेको रकमबाट आज बैशाख २२ गते  १९ वटा सि. सि. क्यामेरा जडान गरेको छ।

धरान-१५ को पूर्ब किसान चोक देखि पश्चिम सिद्धकाली चोक सम्म सात सय मिटर सम्म ३ लाख ८७हजार १ सय रुपैयाँको लागतमा क्यामेरा जडान गरि उद्घाटन गरिएको हो।उक्त अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै धरान नगर उपप्रमुख राईन्द्र बिक्रम बेघाले धरान कार्यपालिका बैठक नचल्नुमा ईगो हठ भएको र मेरो गोरुको बार्‍है टक्का भन्ने हठले जनताको समस्या समाधान नहुने बताए।उनले वडाध्यक्ष र मेयर दुबै जनताको प्रतिनिधि भएकोले मेयरले अभिभावकतब निभाउनु पर्छ भने।उक्त सि सि क्यामेरा जडानमा धरानको उपमेयर कोषबाट १लाख ६८ हजार ५ सय रुपैयाँ,टोल बिकास संस्थाको देउसी भैलो कार्यक्रमबाट १ लाख ८३ हजार ५ सय ३५ रुपैयाँ उठेको रकममा स्थानीयबाट थप ८६ हजार २ सय १० थप संकलन गरिएको जानकारी नौलो पथ टोल बिकास संस्थाका पूर्ब अध्यक्ष बिजय राईले जानकारी दिए।
बिशेष अतिथिको रुपमा बोल्दै धरान वार्ड नं १५ का वडा अध्यक्ष नरेश ईवारमले घर बिग्रीनुमा अभिभावकको हात हुने र त्यसमा कसरी सहकार्य गर्ने अभिभावकको भुमिका  भएकोले धरानको बर्तमान परिस्थितिको उल्लेख गर्दै पानी जस्तो संवेदनशील बस्तुमा  राजनीति गर्नु हुदैन जस्ले पानीमा राजनीति गर्यो त्यसको राजनीति त्यही पानीले बगाएर सखाप पार्नेछ भन्दै सि.सि क्यामेराको सन्दर्भमा जोडेर मात्रै नहुने निरन्तर हेरबिचार गर्नुपर्ने,बच्चा जन्माएर मात्रै नहुने त्यस्को स्याहार सुसारमा ध्यान दिनुपर्ने ब्यंग्य गरे  ।
उक्त अवसरमा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल,विशाल चौक टोल विकास संस्थाका  अध्यक्ष पूर्व डि.एस.पी दल बहादुर तामाङले शुभकामना मन्तब्य राखे। उक्त समुद्घाटन कार्यक्रममा १५ नं वडासदस्य रंगलाल गिरी,श्यामचौक प्रहरी पोष्टका प्रहरी सहायक हवल्दार सन्जु शर्मा लगायतको उपस्थिति थियो।कार्यक्रम हेम बहादुर दाहालको सभापतित्वमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित