धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले कोखा खोलाको पानी अभियान बराहक्षेत्र नगरपालिका चावचामा आएपछि केहि विवाद भए ।
तर तेतिन्जेलसम्म चावचाबासि काकाकुल थिए । चावचाबासि मात्र नभ बराहक्षेत्रको बाघदलबारीमा पनि पानीको समस्या रहेको छ । कोखाको खानेपानी अभियानका क्रममा स्थानीयबासिको अवस्था बुझ्ने क्रममा बागदलबारीका स्थानीयले खानेपानीको समस्या रहेको बताए । पानी ल्याउन घण्टौ लाग्ने गुनासो गरे ।
जब चावचामा पाईपलाईन पुगे त्यहाँका स्थानीय काकाकुल रहेको देखियो । चावचाबासिले धरान लाँदै गरेको पानी आफुहरुले पनि खान पाउनुपर्ने माग गरेपछि अहिले दुईपालिका लिपिबद्ध सम्झौता गर्नुपर्ने भनेर लागिपरेका छन ।
एकातिर सम्झौताको लागि दुबै पालिका लागेका व्ह्बन भने धरान ल्याउदै गरेको पानी चावचाबासिले नपाउने भएपछि भने बराहक्षेत्र नगरपालिका आफै लागिपरेर खानेपानीको लागि जुटेका छन । बराहक्षेत्रका मेयर रमेश कार्की सहित उपमेयर कर्मचारी अनि वडा अध्यक्ष पाइप तान्न लागिपरेका छन । मेयर हर्क साङ्पाङको जस्तै बराहका जनप्रतिनिधि पनि चावचाबासिलाई पानी खुवाउन श्रमदानमा लागेका हुन । अहिले बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि कर्मचारी र स्थानीयले चावचाबासिको लागि खानेपानी श्रमदान भन्दै फोटो भिडियो सामाजिक संजालमा हालेको पाईन्छ ।
चावचाबासिको लागि भनेर पानी ल्याउन दुधपानी खोलाको सिरानमा करिब ३२ सय मिटर खानेपानीको पाइप बिछ्याउने काम भएको छ । त्यहाँ यस अघि पुरानो ट्यांकी थिए । त्यहि पुरानो ट्याङ्कीमा पाइप जडान गरेपछि चावाचा बासीले तत्काल खानेपानी उपभोग गर्न पाउने भएका छन् ।तस्बिर स्रोत : सामाजिक संजाल
Discussion about this post