धरानमा बुद्ध जयन्ती मनाउने भव्य तयारी (फोटो फिचर सहित )

धरान । संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्त्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूणिर्माका दिन विश्वभर मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् ।

नेपालमा वि.सं. २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत मानिएका गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिईदै आएको छ ।

धरानमा शुक्रबार २५६७ औ बुद्ध जयन्ती भव्य रुपमा मनाउने तयारी गरिएको छ । बुद्ध जयन्तीको पुर्व सन्ध्यामा धरानको मुख्य चोक लोकतान्त्रिक चोक सहितको वरपर बुद्ध धर्मको झण्डा वरपर राखेर सजिसजाउ गरिएको छ । ङागुर ङिङ्मा लाखाङ गुम्बाका राजेन्द्र स्याङ्बोको समुहले धरानका मुख्य चोक बजारमा बुद्ध जयन्तिको अवसर पारेर झण्डा राखिएका छन । शुक्रबार धरानमा रहेका सबै बौद्ध गुम्बा बिहारबाट जयन्तीको र्‍यालि लिकाल्ने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित