बराहक्षेत्र र धरानको सम्झौता बैठक बुधबार बस्नेगरी स्थगित(भिडियो सहित)

 

 

बराहक्षेत्र । कोखा खोलाको खानेपानीको विषयलाई लिएर भएको विवाद समाधान गर्न बसेको बैठक बुधबार पुनः बस्नेगरी स्थगित भएको छ ।

सोमबार बस्ने भनिएको बैठक अन्तर्राष्ट्रिय श्रम दिवसका कारण स्थगित भएका थिए । मंगलबार पनि जिल्ला समन्वय समितिका सभापति कार्य व्यस्तताको कारण ढिलो आएपछि बैठक बसेका थिए । बैठकमा यस अघि बाहिरिएको सम्झौतापत्रको ड्राफ्ट प्रस्ताव भएको कुरा कानुनी सल्लाहकार जेके साङ्पाङले जानकारी दिए । बराहक्षेत्र नगरपालिकाले यस अघिको सम्झौतापत्रमा थप गरि १२ बुँदे बनाएको जानकारी दिए । कार्यपालिका सदस्य सहित बसेर अन्य बिषय बाहेक सम्झौताको बिषयमा मात्र केन्दृत रहेर छलगर्ने सहमति भएको बताए ।

उनले बुधबारको बैठक धरान उपमहानगरमा बस्ने सहमति भएको जानकारी दिए । कानुनी सल्लाहकार रहेका जेके साङ्पाङले आज बसेको पहिलो बैठकको अनुभव सुनाउदै राजनीतिक गन्ध भएको आशंका गरे । अव बुधबारदेखि बसिने बैठक सभापति राजेन्द्र मेहेताले समन्वय गर्नेगरी बस्ने बताए । यो विवाद चाडोभन्दा चाडो सिध्याउन लागिपर्ने मेहेताले पहल गर्ने प्रतिबद्धता जनाएको बताए । छलफलमा बराहक्षेत्र नगरपालिकाले संस्थागत निर्णय नै माग गरेको बताए । जेके साङ्पाङले मेयर हर्क साङ्पाङ स्वयं प्रमुख अनि खानेपानी बोर्डको कार्याकारी रहेको दाबि गरे । मेयर दुईटै संस्थाको प्रमुख भएकोले स्वयं संस्थागत भएको दाबि गरे । बराहक्षेत्रले कार्यपालिका बैठक बसेर निर्णय माग गरे पनि यस अघि बसेको बैठकले मेयरलाई निर्णय गरि अख्तियारी दिइसकेकोले अव कार्यपालिका बैठक बसेर पुनः निर्णय गर्न आवस्यक नभएको जिकिर गरे । जिल्ला समन्वय समितिले निर्णय माग गरेको खण्डमा यस अघि गरिएका निर्णय नै पठाउने बताए ।

उपमेयर आइन्द्र बिक्रम बेघाले मंलबारको बैठक अर्को छलफल गर्नेगरि छलफल भएको बताए । उपमेयर बेघाले खानेपानीलाई राजनीतिक मुद्दा बनाउन नहुने भन्दै जनताको मुद्दा भएकोले समस्याको हल गरेर जानुपर्ने प्रतिक्रिया दिए । जस्का लागि जिल्ला समन्वय समितिले पहल गर्ने पनि जानकारी दिए ।

बराहक्षेत्र नगरपालिकाले तयार गरेको सम्झौतापत्र बैठक बस्न अघि नै सार्वजनिक भैसकेको छ । सम्झौतापत्रमा पानी सशुल्क वितरण गर्ने भए २५ प्रतिशत रोयल्टी दिनुपर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी बराहक्षेत्रको प्रभावित क्षेत्रमा निजि जग्गा भए मुअब्जाको समेत प्रस्ताव गरिएको छ ।

धरान र बराहक्षेत्र बिच हुने सम्झौताको ड्राफ्ट

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित